Tuesday

चुट किला
एक जना डाक्टर पागल संग कुरा गर्दै : डाक्टर : तिमि पागल कसरी भयौ ? पागल : मैले एक जना बिधुवा संग बिहे गरें, उसको जवान छोरि संग मेरो बुवाले बिहे गरे अनि मेरो त्यो छोरि मेरो आमा बनि, उसको एउटा छोरि भइ उमेरो बहिनि भइ तर म उसको हजुरआमा को श्रीमान थिएँ त्यसैले उ मेरो नातीनी भइ. यसै गरि मेरो छोरा आफ्नै हजुरआमाको भाई भयो र म आफ्नै छोरा को भान्जा अनि मेरो बुवा मेरो जुवाई भयो र मेरो छोरा आफ्नै हजुरबुवाको साला अनि........... डाक्टर : अरे चुप लाग मलाई पनि पागल बनाउन लागिसकी के हो
प्रेमि : तिमि बिहे पहि आफ्नोलागि छुट्टै घर त माग्दिनौ नि ?
प्रेमिका : अहँ म तेस्ति खाल्कि केटि होईन बरु तिम्रो आमा र बाबुलाई छुट्टै घर बनाईदेउन
न्यायधिस ले महिलालाई सोधेछन ; तिमि किन डिभोर्स गर्न चाहनछेउ ?
महिला : श्रीमान मेरो पति राति १ बजे घर आउँछ अनि त्यो पनि पुरै मातेर । मैले उस्को जुत्ता खोलिदिएँ कपडा फेरिदिएँ खाना खुवायेँ र सुताउन लैजाँदै थियेँ, उस्ले भन्यो कि तिमि मेरो यति धेरै माया अनि कत्ती सेवा गर्छेउ हई, निता !
न्यायधिस : तर यस्मा डिभोर्सको कारण के छ र ?
महिला : तर श्रीमान मेरो नाम निता होईन सर्मिला हो ।
रामेले आफ्नी श्रीमतीलाई झापड हानेछ, श्रीमती रुन थालिछ । रामे(श्रीमतीलाई फकाउदै): मान्छेले त्यसैलाई पिट्छ जसलाई धेरै माया गर्छ ! श्रीमतीले उठेर रामेलाई जोरले २ झापड हानेर भनी: तपाईं के सोच्नुहुन्छ, म के तपाईंलाई माया गर्दिन र
5
एउटा सुन्दर केटीले बाटोमा तपाईंसँग लिफ्ट मगिन र तपाईंले लिफ्ट दिनु भयो ... बाटोमा तिनी बिरामी भईन >> "TENSION" डाक्टर: ल बधाई छ, तपाईं बुवा बन्नु भयो। >>> अर्को "TENSION" म यो बच्चाको बुवा होइन । केटीले भनिन: यो नै बच्चाको बुवा हो ।>>> झन "TENSION" खैलाबैला भयो, पुलिस आयो, अनी तपाईं को D.N.A चेकअप भयो रिपोर्ट आयो , तपाईं त कहिल्यै बुवा बन्न सक्नु हुन्न रहेछ । >>> झनै "TENSION" तपाईं "THANK गड" भन्दै निस्किनु भयो फेरी सोच्नु भयो अरे घरमा भएको २ वटा चाँही कस्को हो त ? >>>
झन टेंशन




केही मुक्तक हरु   
     1
मनै खाने उनको मुहार लुकी-लुकी हेरेँ,
उनि आउने दोबाटोमा ढुकी-ढुकी हेरेँ || 
वर्ण कालो केश ति गाजलु आँखा |
लजाउदै आँफैसँग झुकी-झुकी हेरेँ ||

चाहेर’नि उनको हात थाम्न कहाँ सक्छु |

होइनन् मेरो यही निर दुःखी-दुःखी हेरेँ ||

गरेको छु अर्कैसँग सँगै जिउने बाचा |

बाँधेका ति बाचा देखी चुकी-चुकी हेरेँ ||

चल्नै पर्ने संम्झौतामा कस्तो लेख्यो भावी |

दोषी आफ्नै भाग्यलाई नै थुकी-थुकी हेरेँ


             २
सबैलाइ थाहा छ कोईलीले गित, गाइरहनु पर्दैन |

सबैले अनुभव गरेकै हो बगैँचामा अत्तर, छर्नु पर्दैन ||

अरुभन्दा तिमीलाई खुब राम्री छु, जस्तो लाग्छ होला |

एउटा कुरा नानि,

 राम्री भयकी भय ब्युटीपार्लर,धाईरहनु पर्दैन ।।


        
        ३
बसन्त ऋतुमा पनि चराहरुले गीत गाउँन छाडे |

असार श्रावण महिनामा पनि पानि पर्नै छाडे ||

के को कुरा गर्नु हजुर यो बिग्रेको कलियुगमा ,

जाडो याममा पनि केटीहरुले कट्टु बाहेकअरु लाउनै छाडे 



        ४
आँशु पुछ्ने त धेरै भेटिन्छ्न जिन्दगीमा तर 
.
.
.'
.'
.'
.'
.'.
सिगान पुछ्ने कोहि भेटिदैनन् ,


त्यसैले एउटा रुमाल सधै खल्तीमा राख्ने गर


        ५
किताबको गणित र जीवनको गणितमा एउटा सानो फरक छ | किताबी गणितमा जति धेरै दिमाग लगायौ 

उति नै तिमि सफल हुन्छौ तर जीवनको गणितमा जति थोरै दिमाग लगायौ त्यति नै तिमि सफल हुन्छौ 

वा सुखी हुन्छौ . 




        6


"महामानव वी.पी. कोईराला जो बितिसके,जननेता क.मदन भण्डारी जसले धर्ति छोडी सके ,महान

 गीतकार स्वर सम्राट नारायण गोपाल जो जलि सके ,बाँकी २ जना छौं,तिमी र म भेट्दै गरौं है !!"
..... क्रमस....

Friday


मङ्सिर पुर्णिमा, जसलाई धान्य पुर्णिमा पनि भनिन्छ,  यो दिन अधिराज्य का बिभिन्न भाग हरु बाट मेला भर्न  आएका दर्शनार्थी हरु को भिड ले खचाखच भएको छ नुवाकोट जिल्ला को   राउतवेसी गाउँ विकास समिति वडा नम्बर ७ मा  अबस्थित  प्रसिद्ध  धार्मिक स्थल दुप्चेश्वर महादेव स्थान  परिसर ' 
बिभिन्न धर्मालवम्बी हरु को आस्था रहेको  यो    मेला   एकादशी देखि नै  शुरु हुने भएता पनि चतुर्दसी र पुर्णिमा मा  बिशेष पुजा र जात्रा  लाग्ने भएका  ले भिड बढेको बताउछन स्थानीय अध्यापक श्री जनार्जन आचार्य .   

स्थानीय गुरु श्री केदारनाथ शर्मा (धिताल) का अनुसार वर्षौ पहिले एक गाइ  गोठालोको दुध दिने गाइ दुध दुहुने बेलामा हराएपछी खोजि गर्दै जाने बेला मा गोठालोले उक्त गाइ लाई हालको दुप्चेश्वर महादेव  रहेको  बिकट स्थान मा दुध चढाई रहेको देखे पछी  यो दुधेश्वर महादेव हो भनि पुजा गर्न थाले र पछी आएर सोहि दुधेश्वर लाई  दुप्चेश्वर  महादेव भनिन थाल्यो र  पुजा गर्ने चलन बसेको  बताउछन।
यहाँ  पुजा पाठ गरेमा सन्तान नहुनेहरुले सन्तान प्राप्त गर्ने र आफुले मागेको पाउने परम परागत विश्वास रहदै आएको  यो तीर्थस्थल मा बिगत मा   रसुवा , सिन्धुपाल्चोक ,धादिंग, काठमान्डौ र ललितपुर  जिल्लाहरुबाट ठुलो मात्रामा तीर्थयात्रीहरु पैदल रुप ले आउने गर्दथे  भने   निर्माणाधीन  सड़क खंड मा नियमित रूप मा समुन्द्रटर सम्म  चलने सवारी साधन हरु को सुबिधा र    निजी सवारी साधन हरु रामती सम्म पुग्ने  भएको ले बिगत को भन्दा मेला को सहभागिता पृथक भएको  अनुभूति पाइयो  

जात्रा को प्रमुख आकर्सन  हिमाली भेगमा वसोवास गर्ने शेर्पा जातिहरुले आफ्नो संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गर्दै आफ्नै ह्योल्मो गीत गाएर ठुलो गोलो आकारमा नाचगान गर्नु र परम्परागत
झाक्री नाच हरु पर्दछन गर्छन।
   सौजन्य .. कृष्ण शेर्पा

त्यस्तै स्थानीय खानाका परिकारहरु लोकल खसी र कुखुराको मासु, थुक्पा, जेरी,मम आदि र   निगालोबाट  बनाइएका डोका,भकारी,डाली लगायतका सामानहरु पनि बेच बिखन गरिन्छ। 
मेलाको अन्तिम दिन अर्थात् पुर्णिमाको अघिल्लो रातभर भजन किर्तन, दोहोरि, झ्याउरे,आदि गाएर रमाइलो गरिन्छ। 
दुप्चेश्वर महादेवको मन्दिर अप्ठ्यारो ठाउँमा भएकोले दर्शनार्थिहरुलाई आवतजावत गर्न कठिन यात्री हरु को गुनासो छ ,
दुप्चेस्वर मंदिर ब्यबस्थापन समिति को पहलमा भएको कच्ची बाटो निर्माण केहि सुबिधा पुगे ता पनि  , नुवाकोट जिल्ला को धार्मिक सांस्कृतिक र सामाजिक महत्व बोकेको यस तीर्थस्थल को भौतिक संरचना को बिकास मा सम्बंधित  निकाय को ध्यान पुग्नु जरुरी छ  
सुदर्शन धिताल ,
फोटो श्रोत: जनार्जन आचार्य समुन्द्रटार

Monday

"नेपाल भन्दा दशौ गुणा प्रजातान्त्रिक ब्यबस्था स्वतंत्रता अनि हज्जारौ गुणा बिकसित देश मा आएर सफल हुन हामी ले आफुले सर्वप्रथम आफै लाई बदल्नु पर्छ भाई" आज भन्दा बर्ष पहिले अमेरिका आएर जीवन सुरु गर्न संघर्ष गरि रहेको अबस्था मा एक जना बुद्धिजिवी संग को पहिलो भेट मा प्रयोग भएको संवाद हो यो हामी भन्दा करिव ३/महिना पछि उहा स-परिवार अस्टिन आउनु भएको थियो हामी बसेकै अपार्टमेन्ट कम्प्लेक्स मा कोठा लिनु भयो चिनजान कै क्रम मा नेपाल मा के गर्नु हुन्थ्यो भन्ने मेरो प्रश्न मा उहा ले न्नु भयो "भाई , नेपाल बाट जव जहाज चडेर नेपाल को जमिन छाडीन्छ नया जमिन मा प्रवेस गरिन्छ , बिर्सनु हुन्न मातृभूमि तर बिर्सनु पर्छ मेरो त्यहा मेरो यस्तो थियो उस्तो थियो भन्ने भाव , नत्र बिडम्बना निम्तिन्छ यसर्थ मात्र नेपाल प्रेमी नेपाली " यी ब्यक्ति हुन आज का चर्चित समाजसेवी, पत्रकार तथा पत्रकार ब्यसायी, अस्टिन का एक कुसल सफल ब्यसायी, अंतररास्ट्रीय साहित्य समाज अस्टिन चाप्टर का अध्यछ तथा हेम सरिता प्रतिष्ठान मा संथापक श्री हेम पाठक उहा को अमेरिका बसाई संघर्ष का दिनहरु मेरो आंखा अगाड़ी ताजा छन अझै चर्चिल क्रासिंग को बेड रूम को दोस्रो तल्ला मा दुई छोरी हरु सहित को बसाई, भलेरो भन्ने स्टोर मा श्रीमान श्रीमती को ४० घंटे काम छोरी हरु को पढ़ाई , आर्थिक अबस्था सफल भई नसकेको अबस्था , हरेक नेपाली चाडपर्व हरु मा उहाको घरमा हुने जमघट हरु कसरी यो संभव भन्ने प्रश्न को उत्तर मा भन्नु भयो " धन संचय के का लागी ? पैसा कमाउने मात्र मनोबृति भएको भये हेम पाठक अहिले अंत नै हुने थियो मेरो जीवन प्राण रहून्जेल स्वार्थरहित समाज सेवा गर्नु मेरो एक इच्छा हो तपाई हेर्दै जानुस समाजसेवा को अर्थ तपाई ले देख्नु हुनेछ " परिश्रम कर्म मा सदैव विश्वाश राख्ने यी ब्यक्ति आज समय को रफ़्तार भन्दा पनि एक कदम अगाड़ी पुगेको जस्तो लाग्छ उहा संग को सहयात्रा , संबंधन उहा को सोच को सम्मान गर्दै जाने क्रम मा उहा मा भएको मित्रभाव सहयोगीपना ले धेरै माथि पुरएको जस्तो लाग्छ गत वर्ष को दशैं मा लोक गायक श्री प्रेम राजा महत कुसल उदाघोसक रवि लामिछाने लाई ऑस्टिन मा आमंत्रण गरि दशैंमय बाताबरण गराउने काम मा होस या पारिवारिक ख़ुशीयाली मा मनाईने भोज हरु मा होस अस्टिन वरपर बसने नया पुराना सबै नेपाली हरु लाई नछुताई सामेल गराउदै अस्टिन मा संपर्क ब्यक्ति को रूप मा चिनिनु हुन्छ आबस्यक पढ़ाई पछि छोरी लाई नेपाल मा नै केहि गर्न लगौने धोको रहेको पनि बताउनु हुन्छ पुनर्वास का लागी अस्टिन आएका नेपाली मूल का भूटानी नेपाली हरु लाई गत बर्ष www.nepalaustin.blogspot.com को आयोजन मा गरिएको अंतर्क्रिया कार्यक्रम मा कम्पुटर प्रदान गर्दै "तपाई हरु ले आफुलाई शरणार्थी भन्दा मलाई चित्त दुख्छ ,तपाई हरु सरनार्थी भये हेम पाठक पनि सरनार्थी ,त्यसैले तपाई ले आफुलाई सरनार्थी नभंनुस'' द्रवित कम्पित हुदै भनेको हिजो जस्तो लाग्छ क्रेडिट कमजोर भएर अबस्यक परेका हरु लाई रूम लिन गाड़ी लिन समेत आफु जिम्मा लिन पछि पर्दैनन यी पाठक भने नेपाली बालबालिका हरु लाई नेपाली भाषा सिकौन आफ्नै घर मा निशुल्क भाषा पाठशाला पनि चलाये गत बर्ष ANA बोस्टन सम्मलेन मा हेम सरिता प्रतिष्ठान ले साहित्य मा $१०००.०० को पुरस्कार गरेको र NRN ह्यूस्टन सम्मेलन मा गीत संगीत को छेत्र मा बिसेस योगदान गर्ने ब्यक्ति हरु लाई पुरस्कृत गर्नु भएको थियो भने नेपाल मा पत्रकारिता मा सेवा पुरौने ब्यक्ति हरु लाई पुरस्कृत गरेको थियो प्रति वर्ष एक एक हजार डॉलर राशी रहेको यी तिन छेत्र मा पुरस्कृत गर्ने गर्दछ उहा को हेम सरिता प्रतिष्ठान नेपाल भरी का १६ जना गरीव तथा जेहेंदर बिद्यार्थी हरु लाई आगामी सेसन बाट राम्रो बिध्यालय मा छात्रब्रित्ति को ब्यबस्था गर्ने भावी योजना रहेको बताछन समाज का आधारभूत संरचना हरु को बिकास गर्दै समुन्नत समाज बिकसित भ्रस्टाचार रहित शांत नेपाल हेर्ने आशय राख्ने यी पाठक ले टैक्सस को अस्टिन शहर मा नेपाली स्वाद नेपाली संगीत नेपाली नया बर्ष २०६८ आयोजन गर्न पछि परेन लोक गायक श्री राम प्रसाद खनाल को आतिथ्य मा संपन्न भएको संध्या मा बाकलो संख्या मा नेपाली हरु को उपस्थिति रहेको थियो आत्म संतुस्ती मेरो उपलब्दी हो किन कि मा स्वार्थ रहित समाज सेवा गर्दा मलाई प्रसस्त आनंद आउछ भन्दै सबै नेपाली हरु मा सेवा भाव जागृत होस भन्ने कामना राख्ने हेम-सरिता प्रतिष्ठान का संस्थापक हेम पाठक लाई हाम्रो पनि शुभ कामना तपाई ले थाल्नु भएको अभियान सफल हुने किन कि तपाई आज को एक्लो बृहस्पति होइन सुदर्शन धिताल टैक्सस

Saturday

" असंभव "कठिन,असंभव अथवा दु:साध्य केहि पनि छैन . मुख्यकुरा तेहि हो भन्ने तरीका फरक हुन सक्दछ । जो साधक संकल्प र स्मृति को लागी साधना को प्रयोग गरिरहेको छ उसले आफ्नो शब्दकोष बाट असंभव र कठिनाई भन्ने शब्द हटाउनु अपरिहार्य हुन्छ। नपुंसकत्व र स्त्रीत्व आभास जनाउने अर्थ दिने गर्छन यस्ता शब्द प्रयोग गरि बोलने हरु वाक्य हरु ले । डरपोक आइमाई भन्छिन ..ओहो यो त असंभव छ ,यो कठिन छ यस्तो त कहिले पनि हुदैन इत्यादी । पानी मरुवा पुरुष भन्छन ..आ हुन नसक्ने काममा के लाई टाउको दुखाउनु । समस्या दृदआत्मबिश्वास को कमी को हो , अध्यात्मिक बीरता को हो । सिंह को जस्तो साहसी आचरण आफु भित्र खोज्नु पर्छ । सफलता परिश्रम को मध्यता मा हुन्छ वस्तुगत गहिराई मा हुन्छ प्राप्ति को लागी लगनसिलता हुनु पर्छ । संकल्प को बिकास गर्नु पर्दछ ।जसले अंतर्यामी आत्मा वा ब्रम्ह संग सम्बन्ध राख्दछ जसको प्रकृति अस्तित्वपूर्ण, ज्ञानमय र केवलानंद हुन्छ उही अध्यात्मिक हो । अध्यात्मबाद अंतर्गत आत्मोन्नति , आत्म-चिंतन, आत्मध्यान आत्म-चर्चा तथा बेदान्तउपनिषद को श्रवण गर्नु प्रधान मानिन्छन । साधक को आत्म दर्शन को लागी सत्य र असत्य को पहिचान ,बैराग्य , शम दम,,उपरति,सहनशीलता ,श्रद्धा तथा मन का एकाग्रता को विकास गर्नु अपरिहार्य हुन्छ म अमर आत्मा हु शास्वत सत्य हु सर्वब्यापी प्रकाश र चैतन्य छू भन्ने भाव को मनन गर्नु र अनुभव गर्नु अध्यात्मिक उन्नति को विशेष रूप हो । नित्य सुख र परम आनंद तव मात्र प्राप्त हुन्छ जव परमात्मा ले देखाउनु भएको बाटो मा चलन सुरु गरिन्छ । इश्वर दर्शन को चेष्टा राख्ने ले मात्र दर्शन गर्न सक्छ जसरी यात्रा गर्ने यात्री ले गंतब्य हासिल गर्छ । "आत्मा गुहायाम निहितोस्य जन्तो" भगवन को सर्वब्याप्कता को मनन गरेर सरदम हरकाल जीव को आत्मा गुहा मा सर्वदा बिराजमान भएको अनुभव गर्नु पर्छ । भगवन दर्शन गर्न अध्यात्मिक संस्कृति को बिकास गर्नु पर्ने तथ्य प्रस्ट छ जसको मार्ग भनेको योग हो । योग का प्रकार ज्ञान योग भक्तियोग र राजयोग को अभ्यास । ज्ञान योग ले आत्मा को अनुभूति वा आत्म दर्शन गरौदछ , भक्ति योग ले ध्यान मार्फ़त इन्द्रिय बस मा राख्न सिकाऊदछ भने राजयोग ले मन संकल्प रहित बनाएर चित्तबृत्ति को निग्रह गर्न सिकौद्छ यस लाई अस्तांग योग पनि भनिन्छ । आफु नमरी स्वर्ग देखिन्न भने झै भगवन संग सात्छ्यात्कार नगरी बिश्वास गर्न तर हामी मन ले दर्शन गर्न सक्द्छौ मस्तिक ले अनुभव गर्न सक्छौ किन कि इश्वर सत्य हो, प्रेम हो, प्रकास हो, बुद्ध चैतन्य हो, सर्वब्यापी शक्ति हो, जसले यो ब्रम्हांड सुब्यबस्थित गरि संचालन गर्दछ ज्ञान , बैराग्य, सौन्दर्य, माधुर्य, ऐश्वर्य, श्री कीर्ति जस्ता गुण ले संपन्न भगवन हाम्रो मन को मुक साछी जीवन को सूत्रधार हुनुन्छ , जगत को परिवर्तनशील घटना हरु मध्ये अपरिवर्तनशील निर्विकार स्वरुप हुनुन्छ , संसार को नस्वर चीज़ हरु मध्ये अविनस्वर, नित्य ,शास्वत , अब्यय , स्वतंत्र दयामय हुनुन्छ जीव लाई कर्म को फल दिने मायापति उहा नै हुनुन्छ हामी भगवन को शक्ति ले देख्दछौ,सुन्दछौ चल्दछौ हामी केवल सांसारिक माया मोह भौतिक सुख को खोजी अज्ञान अहंकार ले गर्दा यी कुरा भुल्न पुगेका छौ किन कि हाम्रो पांच इन्द्रिय ले हामी लाई सदैव दम भ्रमित गर्दछ मनुष्य को स्वभावसुलभ कामवासना, क्रोध, लोभ,बेईमानी , निष्ठुरता ,आदि दुर्गुनता माथि राज गर्ने इन्द्रिय लाई परास्त गर्न सके योग मार्फ़त भक्ति धारण गर्न सके जीव चोला साफल्ल्य हुनेछ । नारी हरु सुप्रिया बनेर आदर सत्कार को प्रतिमूर्ति को दर्पण दर्शना बन्न सक्नेछन .
सुदर्शन धिताल वाको टैक्सस।
तिमी को हौ ?
तिमी लाई नै थाहा छैन तिमी को हौ ? होला तिम्रो एक नाम , हुनसक्छ अत्तर फा घसेर सुगन्धित भएर कुनै महल मा बसेका । समय को पल्भंगुरता मा तिम्रो वाह वाही होला तर यो देह नाश हुन को लागी प्राप्त भएको छ ,इन्द्रिय एकदिन अबस्य निष्क्रिय हुन्छ , यो हाँसो, यो रुवाई ,यो चीत्कार तिम्रो स्वाभाव तिमी होइन। किन कि तिमी एक निर्विकार आत्मा हौ जसको तिमी सत चित आनंद स्वरुप मात्र हौ ।
चाहे नोकरी नमिलोस या प्राण धान्न अन्न को गेडा पेट मा नपरोस, पिउन को लागी पानी,लगाउन को लागी कपड़ा नमिलोस, बस्न को लागी छत नमिलोस यसले तिम्रो आत्मा को अमरत्व मा असर पार्दैन किन कि आत्मा भोक, प्यास, सर्दी, गर्मी, निंदा र अपमान भन्दा धेरै पर छ। त्यसैले तिमी खाली आत्मा मात्रै हौ भन्ने कुरा मा संदेह नगर । यो जन्म मृतु पाप पुण्य सुख दुःख भन्दा धेरै माथि हुन्छ। यो सरिर तिम्रो होइन तर तिमी राजा को पनि महाराजा हौ परम शक्तिशाली सम्राट हौ तत्वमसि ब्रम्ह तिमी हौ किन कि तिम्रो सरीर मा आत्मा छ । यसर्थ धैर्य को बिकास गर क्रोध माथि बिजय हासिल गर सहनशीलता को शक्ति प्राप्त गर अध्यात्मिक तपस्या र चिंतन गरि आत्म शुद्ध राख।
होली को दिन वाको मा साथी हरु संग गरिएको रमाइलो ।

Monday

जापान को महा बिनासक सुनामी एक झलक

Friday

"बिश्व शान्ती र वाताबरण बचाऊ को नारा लिएर नेपाली ध्वजा फर्फराऊदै विश्व भ्रमण गर्दै फुर्तेम्बा शेर्पा"
नेपाल नेपाली हरु को नाम संसार मा चीनाउने कि सागरमाथा हो कि सिद्धार्थ गौतम हुन मात्र भन्नु आज को मितीमा पर्याप्त हुन्न हिमाल आरोहण मा सर्बत्र चर्चित छन ,नेपाल का शेर्पा हरु शेर्पा जाती लाई नेपाल लाई विश्वभूगोल मा परिचित गराउन फरक तरीका ले लागेका छन , नेपाली शान श्री फुर्तेम्बा शेर्पा
२००३ साल मा काठमांडू को शंख पार्क बाट बिधिवत रूप ले १५१ मुलुक को भ्रमण गर्ने उधेस्य साइकल यात्रा सुरु गरेका शेर्पा ले ५१ देश कोकठिन यात्रा भर्खरै सकाएका छन
यिनी जहा जान्छ्न त्यहा का प्रमुख सरकारी संयंत्र संग भेटर नेपाल नेपाली को परिचय दिन्छ्न । नेपाल मा चली रहेकोनेपाल भ्रमण वर्स २०११ को चर्चा गर्छन नेपाल भ्रमण गर्न निम्तो दिन पछि पर्दैनन। क्लास सम्म मात्रबिध्यालय गएका शेर्पा किसिम का भासा मा बोल्छ्न । नेपाल भविष्य मा स्वीजेरलैंड जस्तो बिकसित भएको हेर्न चाहेको बताउछन । अन्य मुलुक मा संचार कर्मी हरु संग को बर्तालाप मा आफुले भेटेका नेपाली हरु संघ संस्था हरु ले गरेको सहयोगको आफु आभारी रहेको छू भन्न पछि पर्दैनन यी साइकल यात्री उहा को योजना बाकि को यात्रा सुरकछित तवरलेसफल होस हाम्रो यही कामना।

Sunday

श्री स्वस्थानी ब्रतकथा ॥ पुरैभाग सुन्न

Monday

१५ वर्ष देखि आफ्नै घरमा नजरवन्द मा रहेकी बर्माकी प्रजातन्त्रवादी नेतृ “आङ सान सुकी” लाई त्यहाँ को सैनिक सरकार जुन्टा ले आज देखि नजरवन्दमुक्त गरेको छ । बर्मा हाम्रो छिमेकी मात्र हैन, धेरै नेपालीको बसोबास छ, बर्मामा । बर्माले १ सय ३५ जातीलाई पहिचान दिएको छैन । तिनै जातिमध्ये नेपाली एक हो । त्यहाँ नेपाली गोर्खाका नामले चिनिन्छन् । धेरै नेपालीले बर्माको स्वतन्त्रता आन्दोलन देखेको र केहिले लडेका पनि थिए । गैर आवासिय नेपाली संघ, एनआरएनले बर्मामा ४ लाख नेपाली रहेको अनुमान गरेको छ । बर्मामा नेपाली भएजस्तै बर्माकी प्रजातन्त्रवादी नेतृ सुकीसँगको नेपालको नाता रोचक छ । आङ सान सुकी र नेपालबीच अनौठा प्रसंगहरु छन् । यी प्रसंग थाहा पाउन पाँच दशकअघि फर्कनु पर्ने हुन्छ, जसबेला उनी विद्यार्थी नै थिइन । उनकी आमाले बर्माका तर्फबाट नेपालका लागि राजदूतका रुपमा काम गरेकाले सुकी र नेपालको सम्बन्ध बनेको हो । सन् १९६० मा भारत र नेपालको राजदूत भएर उनकी आमा खिन की भारत आएपछि सुकीले दिल्लीको ‘जेसस एण्ड मेरी कन्भेन्ट’ मा पढीन् । सन् १९६२ मा दिल्ली विश्वविद्यालयको लेडी श्रीराम कलेज, उच्च शिक्षा अक्सफोर्डअन्तर्गत सेन्ट हग्स कलेजमा पढिन् । सन् १९६४ मा राजनीतिशास्त्र डिग्री गरिन् ।

Friday

शुभ दीपावली पावन अबसर मा रमाइलो ब्लॉग खोल्नुहुने समस्त मा हार्दिक मगलमय शुभ कामना । तिहार को देउसी भैलो हरु

Thursday

तीज का गीत हरु

Monday

नेपाल चिन्न सकिने एक संछिप्त स्लाइड । सायद नेपाल को चिनारी यो यु ट्यूब पर्याप्त होला कि ?

Thursday

हे भगवन ! कि आखा नबनाऊ, कि राम्री केटी नबनाऊ । पेन्ट बनाऊ, नत्र टाइड पेंट नबनाऊ । बनाउनु नै छ भने बस्ने बनाऊ , खस्ने नबनाऊ । हाम्रो बाऊ ले लगौने टोपी बनाऊ तर टोपी जत्रो चोली नबनाऊ । त्याक्टर बनाऊ तर त्याक्टर जस्तो बोली नबनाऊ । मेक्सी बनाऊ भगवन भोटो नबनाऊ , लुगा बनाऊ तर छोटो नबनाऊ गाला बनाऊ तर बारुला ले टोकेको जस्तो गाला नबनाऊ , बरु पोथी हांस बनाऊ पोथी को जस्तो हिडाई को चाला नबनाऊ । हाहाह खिति ती.......

Saturday

हामी सबै ले एकपल्ट हेर्ने पर्ने यो यू ट्यूब ।
कुरा गत सनिवार को हो । काम बाट केहि समय फुर्सद निकालेर यंत्रमा रूपांतरित भई सकेको सरीर लाई केहि बिश्राम दिने हेतु ले मनोरंजन को लागी कही जाने सुर मा थिए म । डलास बाट राजू जी पनि आएका थिए । हामी दुबै जना को सहमति र साथी हरु को निमंत्रना मा ऑस्टिन डाउन टाउन घुमने निर्णय भयो। ६ साल को अस्टिन बसाई को समयावधि मा काम र कोठा बाहेक केहि स्थान हरु मात्रै घुमेको ले अस्टिन भित्र को स्ट्रीट हरु को बिषय मा आफु अनभिग्य रहेको ले तेई स्ट्रीट हरु घुमने योजना भयो। बेलुकी ६ बजे यात्रा को सुरुवात ६औ गल्ली बाट भयो। नजिकै ओहो ! नेपाल बाट सोचेको र अंग्रेजी फिल्म देखिने सफा सुन्दर आकर्षक र ब्यस्त अमेरिका को क्रेज येता केहि देखिदो रहेछ । भीड़ हरु बिस्तारै बढने क्रम मा थियो। गाईजात्रे मा नेपाल मा देखियेका जस्ता अनुहार सरीर हरु रंगी चंगी देखीं थाल्दा रहेछन , रात परे पछि । बड़ो बिचित्र को धुन मा रंगिएको देखिदो रहेछ । हामी पनि फोटो हरु खिचेर हिड्दै थियेउ। हामी पनि के काम भेष बदलन लाई । नजिकै रहेको राजू भेना को स्टोरबाट काले को भेष का लुगा लगाएर एक चक्कर लगाइयो । भेष परिवर्तन सहित घुमने घुमौने काम गरियो। काग हरु को भीड़ मा निर्दो बकुल्ला जस्तो भएर म निर्धो प्राणी पूल /बार/ क्लब/ स्ट्रीट सबै घुमियो।पंछी मा स्तनधारी पंछी चमेरा हरु को उड़ान हेरी सके पछि फर्कने क्रम मा नजिकै को बोर्ड मा अस्टिन म्यूजिक फेस्टिवल देखियो । आज तेहि फेस्टिवल हुने अनुमान ले हामी पैदल यात्रा अगाड़ी बड़ाउन सुरु गर्यौ। केहि वर आये पछि स्ट्रीट को दुई तीर मान्छे का हूल का हल ले भरिएको थियो । सबै को हात मा भिडियो कैमरा /बियर थिए। ठुलो ठुलो आवाज माँ बजेको संगीत ले मेरो त कान पाकी सकेको थियो तर अरु मस्ती माँ थिए । त्यों स्ट्रीट को बिच माँ केही युवा युवती हरु पैदल यात्रा गर्दै थिए। रबिन दाई र राजु जी को साथ मा म पनि सुकेको छाती उठाएर पेट सकेको जती भित्र हालेर अगाड़ी बडी रहेका थियेउ। मान्छे हरु साइड साइड बाट कराइ रहेका थिए । कोही सुसेल्थे, कोही चिच्यौथे, कोही फोटो खिची रहेका थिए , न्यूज़ चैनल का कैमरा हरु पनि लागेका थिए। हामी निकै बेर हिडिसकियो, खोई तेस्तो केई देखिदैन। अव भयेन के हुदैरहेछ भनेर मैले साइड को एक जना आईमाई जस्तो देखिने जंतु लाई सोधे। तेसले भन्यो " ल तिमी हरु के भनेर आएको ? यो अस्टिन pride परेड हो। " मैले ये धन्यबाद भनेर बहिर निस्किए। एसो बहिर पेटी मा बसने हरु को चर्तिकला देखे पछि अब संका लग्न थाल्यो कही हामी समलिंगी हरु को जुलुस मा त आयेनौ भन्ने । अगाड़ी बद्दी जांदा त निश्चय भयो हामी गलत स्थान मा रहेछौ। समलिंगी हरु को जुलुस मा मार्च पास गर्दै । त्यों थाहा भये पछि निरंतर ३ घंटा लगाएर मूर्छा पर्ने गरी हासियो , रिस पनि आयो , डर पनि लाग्यो कि कुनै न्यूज़ चैनल मा देखिने पो हो कि भनेर। अब कुरा नबुझी अमेरिका मा पछि लाग्यो भने एस्तो दिन पनि देखन सकिन्छकुनै स्थान मा घुमन जाने योजना गर्नु पूर्व तेता के हुदै छ भन्ने कुरा गूगल गरेर मात्र गयो भने एस्तो दिन देख्नु पर्दैन।
ऑस्टिन शहर मा समलिंगी हरु ले गरेको बार्षिक प्रदर्शन ।
{यो अघिल्लो दिन भई महेश ले सेल फ़ोन बाट लिएको भिडियो }

Wednesday

बिभिन्न नेट पत्रिका हरु मा टैक्सस मा नेपाली को हत्या भन्ने बिसय मा आएको समाचार को खंडन आर्लिन्तन टैक्सस को शेल ग्यास स्टेशन मा कार्यरत एक भारतीय नागरिक काला जाती का शिकार भएका छन। गत शनिवार ५४ वर्षीय प्रेम शर्मा को काम गरिरहेको अबस्था मा एक काला जाती का हत्यारा ले गोली हानि हत्या गरेका छन। गोली हानी भागेको तर पैसा लिएर नगएको अबस्था हेर्दा घटना ब्याक्तिगत रिसिबी का कारण भएको हुन सकने अनुमान गर्न सकिन्छ भने हत्यारा को खोजी भैरहेको अर्लिंग्टन प्रहरी ले जनाएको छ। नागरिक जून सुकाई देश को भये पनि बिश्व को सबै भन्दा शक्ति शाली , कडा कानून भएको मुलुक अमेरिका मै जीवन को कुनै सुरक्सा नहुनु ले हामी सबै लाई मर्माहित पारेको छ। मृतक को आत्मा को शान्ती को लागी भाव पूर्ण श्रद्धा सुमन का साथै भगवन ले शोक संतप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना । सुदर्शन धिताल

Thursday

एक अर्को प्रेरणादायी समाचार । तल को लिंक आफै मा एक पूर्ण समाचार हो।

Wednesday

यो बाऊ छोरा मा चेतना कैले आउने होला ? जनता ले चाहेको कुरा स्वतंत्र रूपले बोलन पाउनु र अभ्यास गर्न पाउनु प्रजातंत्र को अर्थ भएता पनि अझै राजतंत्र आउने सपना देख्नु चै मुर्खता मात्रै हो । थप जानकारी का लागी .........................................

Friday

गुगलले आफ्नो वेभ ब्राउजर क्रोमलाई थप परिमार्जीत गर्दे एप्लिकेसन तथा ड्राइभर डाउनलोड नगरिकनै थ्रिडी ग्राफिक्सहरु हेर्न सकिने बनाउने भएको छ । यसकालागी गुगलले नयाँ परियोजना नै सुरुगरिसकेकेा जनाएको छ । एन्जेल -अलमोस्ट नेटिभ ग्राफिक्स लेयर इञ्जिन- नामको सो ओपेन सोर्स प्रोजेक्टले सबै खाले थ्रिडि ग्राफिक्सहरु डिस्प्ले गर्न सक्ने ब्राउजर बनाउने प्रोडक्ट म्यानेजर हेनरी ब्रिजले बताए । हाल प्रचलनमा रहेको बिण्डोज अपरेटिङ सिस्टम चल्ने कम्प्युटरहरले थ्रिडी कन्टेन्टहरु सोझै डिस्प्ले गर्न सक्दैनन्, प्लगइन्सको सपोर्ट चाहिन्छ । उच्च क्षमताको ग्राफिक हार्डवेयर भएपनि थ्रिडी कन्टेन्ट भएका वेबर्साईट खोल्न नसक्ने ब्राउजरहरुलाई माथ खुबाउन गुगलले आफ्ना ब्राउजर क्रोमलाई परिमार्जन गर्न लागकेा विष्लेषकहरुको अनुमान छ । 'विण्डोज प्रयोगगर्ताहरुले थ्रिडी कन्टेन्टहरु नयाँ ड्राइभर इन्स्टल नगरीकनै थ्रिडी कन्टेन्ट हेर्न सक्छन' ब्राउनले भने ।

Saturday

Nepali Online News : Janapukar - Home

Nepali Online News : Janapukar - Home: "काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनले"

Monday

Bhutanese Refugees - The story of a forgotten people

Situated between the emerging superpowers of India and China, the isolated Buddhist kingdom of Bhutan, hailed by some as ‘the last Shangri-La’, has generated one of the highest numbers of refugees in the world in proportion to its population. Since 1991 over one sixth of Bhutan's people have sought asylum in Nepal, India and other countries around the world. The vast majority of the refugees are Lhotshampas, one of Bhutan’s three main ethnic groups, who were forced to leave Bhutan in the early 1990s. There is ample evidence, as documented by Amnesty International and other human rights organisations, that the expulsion of large numbers of Lhotshampas was planned and executed with meticulous attention to detail. Over 105,000 Bhutanese have spent more than 15 years living in refugee camps established in Nepal by the United Nations High Commission for Refugees. Thousands more are living outside the camps in Nepal and India, and some in North America, Europe and Australia. Since 2008 a resettlement process has seen many thousands of Bhutanese refugees from the camps in Nepal being re-settled primarily in the USA but also in Canada, Australia, Denmark, New Zealand, the Netherlands and Norway." I have one movie here which is related about Bhutnese refugee made by people of concern. I hope Ya'll will understand and will start like them after watching this movie. .click this link below to watch . Hey if i am wrong, advise me at dhital_sudhir@yahoo.com & sudarshandhital373@hotmail.com . enjoy. Part 1 part 2 part 3 part 4 part 5 part 6 part 7 part 8 part 9 part 10 part11 part12 last part

Wednesday

नेपाली हरु संग भेटने एक मौका ।
हुन त अमेरिका लाई सपना र बिपना मा जपना गरेर बसने हरु धेरै भेटिए पनि म र मेरो परिवार जस्तै धेरै नेपाली हरु र अन्य महादेस का मानिस हरु बिना कुनै प्रयास बिना कुनै लगानी र बिना कुनै लगाव भाग्य को खेल ले सबै ले सोचने गरेको देश अमेरिका मा सजिलाई आइपुगे का छन । ग्रीन कार्ड र सिटिज़न को लागी कुनै समस्या नपरे पनि संघर्समय जीवन बिताउन बाध्य नेपाली हरु धेरै होलान तथापि कागज को लागी धेय गर्ने हरु को जीवन अमेरिका मा धेरै सुखमय छ भन्दा अत्तियोक्ति नहोला । प्रसंग कागज को होइन, कुरा जीवनशैली को हो । नेपाल मा जीवन को अर्थ थियो यता जीवन मा अर्थको महत्व छ, नेपाल मा समय प्रसस्त हुन्थ्यो ,येता समय को मूल्य छ, आफ्नो साथी भाई नाता गोता हरु संग भेट घाट गर्ने रमाइलो गर्ने गरेको उता को परिवेस येता मुस्किल ले उपलब्ध हुने गर्छ।
यो मेरो आफ्नै परिभासा हो । करिव चार वर्स को चार गुना तिन्सय पैसठी दिन , दिन को १० घंटा को दर ले गर्ने गरेको काम ले लगभग अब एउटा सानै भये पनि गंतब्य दिएको छ। सनिवार र आइतवार को दिन हुने हरेक नेपाली गतिबिधि मा संलग्न हुने अबसर डीइएको छ। ब्लॉग लेखन, आफ्नै लेखन मा भैरहेको टेलि फिल्म को सूटिंग अनि नेपाली आधुनिक गीत को छायांकन र भर्खरै सुरुवात गरेको सनोतिनो कामको ब्यस्तता को बावजूद गत हप्ता ऑस्टिन मा आदरणीय दाजू महेश ठकुरी बाट आयोजित एक पार्टी मा सहभागी हुन जुरायो ।
त्यों पार्टी श्रीमान श्रीमती महेश /नीलम ठकुरी को दोश्रो संतान को रूप मा प्राप्त छोरा निर्वाण ठकुरी को अन्नप्रासन को अबसर मा भएको थियो । बधाई तथा शुभकामना दिन अस्टिन तथा अन्य स्टेट बाट बाक्लो संख्या मा नेपाली हरु उपस्थित थिए भने नेपाल झल्कौने नेपाली परिकार हरु समाबेस गरिएको उक्त रात्रि भोज को एकै अर्थ भनेको अस्टिन निवासी नेपाली हरु एकै छानामुनि एकै भांसा एकै परिवार अर्थात ऑस्टिन निवासी नेपालीहरु एक परिवार भन्ने सन्देश दिन खोजेको मात्र हो भंन्दै आमंत्रित नेपाली हरु को स्वागत मा ब्यस्त महेस दाई भन्दै हुनुन्थ्यो । अन्न प्रासन को अबसर मा हाम्रो पनि धेरै धेरै बधाई निर्वान बाबु लाई ।

Tuesday

छोटो समय को अंतराल मै भये पनि कार्टूनिस्ट,पेंटर,कवि तथा गीतकार रबिन पिया दाई को एल्बम को गीत माथि गरिएको छायांकन ।

Thursday

बोलाउदा नि ..................../ गीत बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी लजाउदा झनै राम्री मेरी मनकी रानी ! जती हेर्यो उती हेरु लागीरन्छ पल-पल जे गरेनी तस्बिर तिन्को आइरन्छ झल-झल अमृत पनी नसा भयो सम्झनामा तिनको मन-मन्दिरमा माया बस्यो भेट्दा एकै छिनको ! अपसरा नि फिका लाग्छ हासी२ बोल्दा स्वर्गै पाउथे होला तिनले अंगालोमा बाध्दा एकान्त नि प्यारो लाग्छ एक्लै गुन-गुनाउदा चखेवा झैँ उडु लाग्छ तिनलाई सामु पाउदा ! दिलिप योन्जन अस्टिन, अमेरिका

Friday

अस्टिन मा पुनर्वास को लागी आइपुग्नु भएका कर्मकांडब्याक्ता पंडित श्री डिल्ली राम पोखरेल जी संग को भलाकुसारी ।

Monday

अस्टिन को 6th Street एक झलक । फोटो र भिडियो सौजन्य रबिन पिया ।

Saturday

अरे ! माई बाप ! प्रचंडा साब हम भी आप के फेन है । मै राजनैतिक हेसाब से आप जिस पार्टी से खिलाफ है मै उनका शिधांत पे बिश्वास करता हु मगर माओ से तुंग का प्रिंसिपल मानता हु,आप का पार्टी जो नेपाल में कर रहा है उसमे नेपाली जनता आप का समर्थान नहीं कररहे है फिर भी मै आप का बोली और समय मुताबिक बोलनेका शैली ओर आप का पर्सनालिटी का हम जबर्जुस्त फेन है । दिल से बोलते है साब ! जन आन्दोलन के टाइम में जो तुम ने नेपाल में करवाया वो तुमारी सौगन वो गलत था , मगर जब तुम आन्दोलन से बाहर आये और समय सापेछ नेपाल कि उन्नति के लिए बोलने लगे सायद यो राजनैतिक दौपेच के तौर से सही होगा मगर मै और नेपाली जनता आप से बहुत कुछ चीजो का आस लगाये बैठे है । आपका ये बीरगंज वाला भाषण देखके आपको और भी चौतार्फी मुर्ख लगा क्यों कि जो भारत को आप गाली दे रहे है आप उनका है भाषा प्रयोग कर रहे है । अगर आप नेपाल के साम्प्रदायिकता पर बिदेशी का हस्तछेप का आरोप लगानेका वात करते है उनमे आप भारत का पधादिकारी के साथ को वातालाप किये है उनका क्या? जो भी हो आप मा मै जवार्जस्त फ्यान हु। आप कि ध्यान मै एक वर एस लैटर में केन्द्रित करना चाहता हु । ये खबर देख KE मै भी हैरान हु भाइ देखो>

Thursday

सुप्रिया को तेश्रो जन्म बर्ष को अबसर मा चार महिना अघि गरिएको जमघट ।

हरि ॐ शान्ती ॐ शान्ती पाठ

Monday

श्रीमद भागवत गीता का सम्पूर्ण भाग हरु
Thanks Giving 2009 को समय पारेर साथी भाई हरु संग गरिएको रमाइलो । हरेक चाड पर्व हरु ले आफ्नै मूल्य मान्येता अनुरूप महत्व बोकेको हुन्छ चाहे त्यों नेपाली पर्व होस या अमेरिकी या कुनै पनि देश को होस । यो पर्व चै किन मनैएको भन्ने मेरो प्रश्न को उत्तर मा एक अमेरिकी नागरिक ले भने "की खोई ?? मेरो यहाँ परिवार छैन हामीले त रेस्टुरा मा गएर टर्की र फरसी को केक खाने बिचार गरेका छौ। धेरै समय देखि मेरो आमा को घरमा जमघट भएर टर्की खाने गरेको हो तर अब आमा रहिनन ।" अनि दोस्रो दिन अर्को अमेरिकी नागरिक लाई सोधे " तिम्रो Thanks Giving कस्तो बित्यो? उसको उत्तर थियो । Dude ! My Mother in law made so many foods. ate too much turkey .not feeling good, Do u have Alka sizler , Nega? उसको नजर मा यो खाना संग सम्बंधित थियो। उसले मैले खोजेको उत्तर अझै दिन सकेन। मलाई के लाग्छ भने कुनै पनि संस्कृति को मान्यता र भावना अनुरूप राम्रा कुरा हरु अनुसरण गर्न सक्यौ भने त्यों प्रभावकारी हुनसक्छ नत्र भने त्यों फोस्रो देखावा र फेसन को सिबाय दोश्रो हास्यास्पद ब्यंगचित्र मात्रै होला। अमेरिका मा बसे पछि येता को कानून मात्र नभई बातावरण मा पनि घुलन सक्नु पर्छ नै सकारात्मक महत्व लाई आत्मसात गर्न सक्नु पर्छ भन्ने लाग्छ तर त्यों समयानुरूप मौलिक हुनुपर्छ। हामी ले पनि टर्की डे लाई यसरी नेपाली पन मा आफै मा रमणीयता को आभास हुने गरी मनाइयो ।
बहिनी श्रृजना को २१औ जन्म दिन को अबसर मा गरिएको रमाइलो कैद गर्दै ।
Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video