Monday

Thanks Giving 2009 को समय पारेर साथी भाई हरु संग गरिएको रमाइलो । हरेक चाड पर्व हरु ले आफ्नै मूल्य मान्येता अनुरूप महत्व बोकेको हुन्छ चाहे त्यों नेपाली पर्व होस या अमेरिकी या कुनै पनि देश को होस । यो पर्व चै किन मनैएको भन्ने मेरो प्रश्न को उत्तर मा एक अमेरिकी नागरिक ले भने "की खोई ?? मेरो यहाँ परिवार छैन हामीले त रेस्टुरा मा गएर टर्की र फरसी को केक खाने बिचार गरेका छौ। धेरै समय देखि मेरो आमा को घरमा जमघट भएर टर्की खाने गरेको हो तर अब आमा रहिनन ।" अनि दोस्रो दिन अर्को अमेरिकी नागरिक लाई सोधे " तिम्रो Thanks Giving कस्तो बित्यो? उसको उत्तर थियो । Dude ! My Mother in law made so many foods. ate too much turkey .not feeling good, Do u have Alka sizler , Nega? उसको नजर मा यो खाना संग सम्बंधित थियो। उसले मैले खोजेको उत्तर अझै दिन सकेन। मलाई के लाग्छ भने कुनै पनि संस्कृति को मान्यता र भावना अनुरूप राम्रा कुरा हरु अनुसरण गर्न सक्यौ भने त्यों प्रभावकारी हुनसक्छ नत्र भने त्यों फोस्रो देखावा र फेसन को सिबाय दोश्रो हास्यास्पद ब्यंगचित्र मात्रै होला। अमेरिका मा बसे पछि येता को कानून मात्र नभई बातावरण मा पनि घुलन सक्नु पर्छ नै सकारात्मक महत्व लाई आत्मसात गर्न सक्नु पर्छ भन्ने लाग्छ तर त्यों समयानुरूप मौलिक हुनुपर्छ। हामी ले पनि टर्की डे लाई यसरी नेपाली पन मा आफै मा रमणीयता को आभास हुने गरी मनाइयो ।

1 comment:

  1. ♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥ ♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥My pleasure

    ReplyDelete

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video