" असंभव "कठिन,असंभव अथवा दु:साध्य केहि पनि छैन . मुख्यकुरा तेहि हो भन्ने तरीका फरक हुन सक्दछ । जो साधक संकल्प र स्मृति को लागी साधना को प्रयोग गरिरहेको छ उसले आफ्नो शब्दकोष बाट असंभव र कठिनाई भन्ने शब्द हटाउनु अपरिहार्य हुन्छ। नपुंसकत्व र स्त्रीत्व आभास जनाउने अर्थ दिने गर्छन यस्ता शब्द प्रयोग गरि बोलने हरु वाक्य हरु ले । डरपोक आइमाई भन्छिन ..ओहो यो त असंभव छ ,यो कठिन छ यस्तो त कहिले पनि हुदैन इत्यादी । पानी मरुवा पुरुष भन्छन ..आ हुन नसक्ने काममा के लाई टाउको दुखाउनु । समस्या दृदआत्मबिश्वास को कमी को हो , अध्यात्मिक बीरता को हो । सिंह को जस्तो साहसी आचरण आफु भित्र खोज्नु पर्छ । सफलता परिश्रम को मध्यता मा हुन्छ वस्तुगत गहिराई मा हुन्छ प्राप्ति को लागी लगनसिलता हुनु पर्छ । संकल्प को बिकास गर्नु पर्दछ ।जसले अंतर्यामी आत्मा वा ब्रम्ह संग सम्बन्ध राख्दछ जसको प्रकृति अस्तित्वपूर्ण, ज्ञानमय र केवलानंद हुन्छ उही अध्यात्मिक हो ।
अध्यात्मबाद अंतर्गत आत्मोन्नति , आत्म-चिंतन, आत्मध्यान आत्म-चर्चा तथा बेदान्तउपनिषद को श्रवण गर्नु प्रधान मानिन्छन । साधक को आत्म दर्शन को लागी सत्य र असत्य को पहिचान ,बैराग्य , शम दम,,उपरति,सहनशीलता ,श्रद्धा तथा मन का एकाग्रता को विकास गर्नु अपरिहार्य हुन्छ ।
म अमर आत्मा हु शास्वत सत्य हु सर्वब्यापी प्रकाश र चैतन्य छू भन्ने भाव को मनन गर्नु र अनुभव गर्नु अध्यात्मिक उन्नति को विशेष रूप हो ।
नित्य सुख र परम आनंद तव मात्र प्राप्त हुन्छ जव परमात्मा ले देखाउनु भएको बाटो मा चलन सुरु गरिन्छ ।
इश्वर दर्शन को चेष्टा राख्ने ले मात्र दर्शन गर्न सक्छ जसरी यात्रा गर्ने यात्री ले गंतब्य हासिल गर्छ । "आत्मा गुहायाम निहितोस्य जन्तो" भगवन को सर्वब्याप्कता को मनन गरेर सरदम हरकाल जीव को आत्मा गुहा मा सर्वदा बिराजमान भएको अनुभव गर्नु पर्छ । भगवन दर्शन गर्न अध्यात्मिक संस्कृति को बिकास गर्नु पर्ने तथ्य प्रस्ट छ जसको मार्ग भनेको योग हो । योग का प्रकार ज्ञान योग भक्तियोग र राजयोग को अभ्यास ।
ज्ञान योग ले आत्मा को अनुभूति वा आत्म दर्शन गरौदछ , भक्ति योग ले ध्यान मार्फ़त इन्द्रिय बस मा राख्न सिकाऊदछ भने राजयोग ले मन संकल्प रहित बनाएर चित्तबृत्ति को निग्रह गर्न सिकौद्छ यस लाई अस्तांग योग पनि भनिन्छ ।
आफु नमरी स्वर्ग देखिन्न भने झै भगवन संग सात्छ्यात्कार नगरी बिश्वास गर्न तर हामी मन ले दर्शन गर्न सक्द्छौ मस्तिक ले अनुभव गर्न सक्छौ किन कि इश्वर सत्य हो, प्रेम हो, प्रकास हो, बुद्ध र चैतन्य हो, सर्वब्यापी शक्ति हो, जसले यो ब्रम्हांड सुब्यबस्थित गरि संचालन गर्दछ। ज्ञान , बैराग्य, सौन्दर्य, माधुर्य, ऐश्वर्य, श्री र कीर्ति जस्ता ६ गुण ले संपन्न भगवन हाम्रो मन को मुक साछी र जीवन को सूत्रधार हुनुन्छ , जगत को परिवर्तनशील घटना हरु मध्ये अपरिवर्तनशील र निर्विकार स्वरुप हुनुन्छ , संसार को नस्वर चीज़ हरु मध्ये अविनस्वर, नित्य ,शास्वत , अब्यय , स्वतंत्र र दयामय हुनुन्छ ।जीव लाई कर्म को फल दिने मायापति उहा नै हुनुन्छ । हामी भगवन को शक्ति ले देख्दछौ,सुन्दछौ चल्दछौ। हामी केवल सांसारिक माया मोह भौतिक सुख को खोजी अज्ञान र अहंकार ले गर्दा यी कुरा भुल्न पुगेका छौ किन कि हाम्रो पांच इन्द्रिय ले हामी लाई सदैव दम भ्रमित गर्दछ । मनुष्य को स्वभावसुलभ कामवासना, क्रोध, लोभ,बेईमानी , निष्ठुरता ,आदि दुर्गुनता माथि राज गर्ने इन्द्रिय लाई परास्त गर्न सके र योग मार्फ़त भक्ति धारण गर्न सके जीव चोला साफल्ल्य हुनेछ । नारी हरु सुप्रिया बनेर आदर सत्कार को प्रतिमूर्ति को दर्पण दर्शना बन्न सक्नेछन .
सुदर्शन धिताल
वाको टैक्सस।
No comments:
Post a Comment