Monday

"नेपाल भन्दा दशौ गुणा प्रजातान्त्रिक ब्यबस्था स्वतंत्रता अनि हज्जारौ गुणा बिकसित देश मा आएर सफल हुन हामी ले आफुले सर्वप्रथम आफै लाई बदल्नु पर्छ भाई" आज भन्दा बर्ष पहिले अमेरिका आएर जीवन सुरु गर्न संघर्ष गरि रहेको अबस्था मा एक जना बुद्धिजिवी संग को पहिलो भेट मा प्रयोग भएको संवाद हो यो हामी भन्दा करिव ३/महिना पछि उहा स-परिवार अस्टिन आउनु भएको थियो हामी बसेकै अपार्टमेन्ट कम्प्लेक्स मा कोठा लिनु भयो चिनजान कै क्रम मा नेपाल मा के गर्नु हुन्थ्यो भन्ने मेरो प्रश्न मा उहा ले न्नु भयो "भाई , नेपाल बाट जव जहाज चडेर नेपाल को जमिन छाडीन्छ नया जमिन मा प्रवेस गरिन्छ , बिर्सनु हुन्न मातृभूमि तर बिर्सनु पर्छ मेरो त्यहा मेरो यस्तो थियो उस्तो थियो भन्ने भाव , नत्र बिडम्बना निम्तिन्छ यसर्थ मात्र नेपाल प्रेमी नेपाली " यी ब्यक्ति हुन आज का चर्चित समाजसेवी, पत्रकार तथा पत्रकार ब्यसायी, अस्टिन का एक कुसल सफल ब्यसायी, अंतररास्ट्रीय साहित्य समाज अस्टिन चाप्टर का अध्यछ तथा हेम सरिता प्रतिष्ठान मा संथापक श्री हेम पाठक उहा को अमेरिका बसाई संघर्ष का दिनहरु मेरो आंखा अगाड़ी ताजा छन अझै चर्चिल क्रासिंग को बेड रूम को दोस्रो तल्ला मा दुई छोरी हरु सहित को बसाई, भलेरो भन्ने स्टोर मा श्रीमान श्रीमती को ४० घंटे काम छोरी हरु को पढ़ाई , आर्थिक अबस्था सफल भई नसकेको अबस्था , हरेक नेपाली चाडपर्व हरु मा उहाको घरमा हुने जमघट हरु कसरी यो संभव भन्ने प्रश्न को उत्तर मा भन्नु भयो " धन संचय के का लागी ? पैसा कमाउने मात्र मनोबृति भएको भये हेम पाठक अहिले अंत नै हुने थियो मेरो जीवन प्राण रहून्जेल स्वार्थरहित समाज सेवा गर्नु मेरो एक इच्छा हो तपाई हेर्दै जानुस समाजसेवा को अर्थ तपाई ले देख्नु हुनेछ " परिश्रम कर्म मा सदैव विश्वाश राख्ने यी ब्यक्ति आज समय को रफ़्तार भन्दा पनि एक कदम अगाड़ी पुगेको जस्तो लाग्छ उहा संग को सहयात्रा , संबंधन उहा को सोच को सम्मान गर्दै जाने क्रम मा उहा मा भएको मित्रभाव सहयोगीपना ले धेरै माथि पुरएको जस्तो लाग्छ गत वर्ष को दशैं मा लोक गायक श्री प्रेम राजा महत कुसल उदाघोसक रवि लामिछाने लाई ऑस्टिन मा आमंत्रण गरि दशैंमय बाताबरण गराउने काम मा होस या पारिवारिक ख़ुशीयाली मा मनाईने भोज हरु मा होस अस्टिन वरपर बसने नया पुराना सबै नेपाली हरु लाई नछुताई सामेल गराउदै अस्टिन मा संपर्क ब्यक्ति को रूप मा चिनिनु हुन्छ आबस्यक पढ़ाई पछि छोरी लाई नेपाल मा नै केहि गर्न लगौने धोको रहेको पनि बताउनु हुन्छ पुनर्वास का लागी अस्टिन आएका नेपाली मूल का भूटानी नेपाली हरु लाई गत बर्ष www.nepalaustin.blogspot.com को आयोजन मा गरिएको अंतर्क्रिया कार्यक्रम मा कम्पुटर प्रदान गर्दै "तपाई हरु ले आफुलाई शरणार्थी भन्दा मलाई चित्त दुख्छ ,तपाई हरु सरनार्थी भये हेम पाठक पनि सरनार्थी ,त्यसैले तपाई ले आफुलाई सरनार्थी नभंनुस'' द्रवित कम्पित हुदै भनेको हिजो जस्तो लाग्छ क्रेडिट कमजोर भएर अबस्यक परेका हरु लाई रूम लिन गाड़ी लिन समेत आफु जिम्मा लिन पछि पर्दैनन यी पाठक भने नेपाली बालबालिका हरु लाई नेपाली भाषा सिकौन आफ्नै घर मा निशुल्क भाषा पाठशाला पनि चलाये गत बर्ष ANA बोस्टन सम्मलेन मा हेम सरिता प्रतिष्ठान ले साहित्य मा $१०००.०० को पुरस्कार गरेको र NRN ह्यूस्टन सम्मेलन मा गीत संगीत को छेत्र मा बिसेस योगदान गर्ने ब्यक्ति हरु लाई पुरस्कृत गर्नु भएको थियो भने नेपाल मा पत्रकारिता मा सेवा पुरौने ब्यक्ति हरु लाई पुरस्कृत गरेको थियो प्रति वर्ष एक एक हजार डॉलर राशी रहेको यी तिन छेत्र मा पुरस्कृत गर्ने गर्दछ उहा को हेम सरिता प्रतिष्ठान नेपाल भरी का १६ जना गरीव तथा जेहेंदर बिद्यार्थी हरु लाई आगामी सेसन बाट राम्रो बिध्यालय मा छात्रब्रित्ति को ब्यबस्था गर्ने भावी योजना रहेको बताछन समाज का आधारभूत संरचना हरु को बिकास गर्दै समुन्नत समाज बिकसित भ्रस्टाचार रहित शांत नेपाल हेर्ने आशय राख्ने यी पाठक ले टैक्सस को अस्टिन शहर मा नेपाली स्वाद नेपाली संगीत नेपाली नया बर्ष २०६८ आयोजन गर्न पछि परेन लोक गायक श्री राम प्रसाद खनाल को आतिथ्य मा संपन्न भएको संध्या मा बाकलो संख्या मा नेपाली हरु को उपस्थिति रहेको थियो आत्म संतुस्ती मेरो उपलब्दी हो किन कि मा स्वार्थ रहित समाज सेवा गर्दा मलाई प्रसस्त आनंद आउछ भन्दै सबै नेपाली हरु मा सेवा भाव जागृत होस भन्ने कामना राख्ने हेम-सरिता प्रतिष्ठान का संस्थापक हेम पाठक लाई हाम्रो पनि शुभ कामना तपाई ले थाल्नु भएको अभियान सफल हुने किन कि तपाई आज को एक्लो बृहस्पति होइन सुदर्शन धिताल टैक्सस

1 comment:

  1. Hello from Clearwater Florida USA!
    Great Blog! Great Video!
    Im with the only radio station in the world owned and operated by kids!
    Give us a shout: www.wkid967fm.com

    ReplyDelete

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video