Friday


मङ्सिर पुर्णिमा, जसलाई धान्य पुर्णिमा पनि भनिन्छ,  यो दिन अधिराज्य का बिभिन्न भाग हरु बाट मेला भर्न  आएका दर्शनार्थी हरु को भिड ले खचाखच भएको छ नुवाकोट जिल्ला को   राउतवेसी गाउँ विकास समिति वडा नम्बर ७ मा  अबस्थित  प्रसिद्ध  धार्मिक स्थल दुप्चेश्वर महादेव स्थान  परिसर ' 
बिभिन्न धर्मालवम्बी हरु को आस्था रहेको  यो    मेला   एकादशी देखि नै  शुरु हुने भएता पनि चतुर्दसी र पुर्णिमा मा  बिशेष पुजा र जात्रा  लाग्ने भएका  ले भिड बढेको बताउछन स्थानीय अध्यापक श्री जनार्जन आचार्य .   

स्थानीय गुरु श्री केदारनाथ शर्मा (धिताल) का अनुसार वर्षौ पहिले एक गाइ  गोठालोको दुध दिने गाइ दुध दुहुने बेलामा हराएपछी खोजि गर्दै जाने बेला मा गोठालोले उक्त गाइ लाई हालको दुप्चेश्वर महादेव  रहेको  बिकट स्थान मा दुध चढाई रहेको देखे पछी  यो दुधेश्वर महादेव हो भनि पुजा गर्न थाले र पछी आएर सोहि दुधेश्वर लाई  दुप्चेश्वर  महादेव भनिन थाल्यो र  पुजा गर्ने चलन बसेको  बताउछन।
यहाँ  पुजा पाठ गरेमा सन्तान नहुनेहरुले सन्तान प्राप्त गर्ने र आफुले मागेको पाउने परम परागत विश्वास रहदै आएको  यो तीर्थस्थल मा बिगत मा   रसुवा , सिन्धुपाल्चोक ,धादिंग, काठमान्डौ र ललितपुर  जिल्लाहरुबाट ठुलो मात्रामा तीर्थयात्रीहरु पैदल रुप ले आउने गर्दथे  भने   निर्माणाधीन  सड़क खंड मा नियमित रूप मा समुन्द्रटर सम्म  चलने सवारी साधन हरु को सुबिधा र    निजी सवारी साधन हरु रामती सम्म पुग्ने  भएको ले बिगत को भन्दा मेला को सहभागिता पृथक भएको  अनुभूति पाइयो  

जात्रा को प्रमुख आकर्सन  हिमाली भेगमा वसोवास गर्ने शेर्पा जातिहरुले आफ्नो संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गर्दै आफ्नै ह्योल्मो गीत गाएर ठुलो गोलो आकारमा नाचगान गर्नु र परम्परागत
झाक्री नाच हरु पर्दछन गर्छन।
   सौजन्य .. कृष्ण शेर्पा

त्यस्तै स्थानीय खानाका परिकारहरु लोकल खसी र कुखुराको मासु, थुक्पा, जेरी,मम आदि र   निगालोबाट  बनाइएका डोका,भकारी,डाली लगायतका सामानहरु पनि बेच बिखन गरिन्छ। 
मेलाको अन्तिम दिन अर्थात् पुर्णिमाको अघिल्लो रातभर भजन किर्तन, दोहोरि, झ्याउरे,आदि गाएर रमाइलो गरिन्छ। 
दुप्चेश्वर महादेवको मन्दिर अप्ठ्यारो ठाउँमा भएकोले दर्शनार्थिहरुलाई आवतजावत गर्न कठिन यात्री हरु को गुनासो छ ,
दुप्चेस्वर मंदिर ब्यबस्थापन समिति को पहलमा भएको कच्ची बाटो निर्माण केहि सुबिधा पुगे ता पनि  , नुवाकोट जिल्ला को धार्मिक सांस्कृतिक र सामाजिक महत्व बोकेको यस तीर्थस्थल को भौतिक संरचना को बिकास मा सम्बंधित  निकाय को ध्यान पुग्नु जरुरी छ  
सुदर्शन धिताल ,
फोटो श्रोत: जनार्जन आचार्य समुन्द्रटार

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video