Monday

१५ वर्ष देखि आफ्नै घरमा नजरवन्द मा रहेकी बर्माकी प्रजातन्त्रवादी नेतृ “आङ सान सुकी” लाई त्यहाँ को सैनिक सरकार जुन्टा ले आज देखि नजरवन्दमुक्त गरेको छ । बर्मा हाम्रो छिमेकी मात्र हैन, धेरै नेपालीको बसोबास छ, बर्मामा । बर्माले १ सय ३५ जातीलाई पहिचान दिएको छैन । तिनै जातिमध्ये नेपाली एक हो । त्यहाँ नेपाली गोर्खाका नामले चिनिन्छन् । धेरै नेपालीले बर्माको स्वतन्त्रता आन्दोलन देखेको र केहिले लडेका पनि थिए । गैर आवासिय नेपाली संघ, एनआरएनले बर्मामा ४ लाख नेपाली रहेको अनुमान गरेको छ । बर्मामा नेपाली भएजस्तै बर्माकी प्रजातन्त्रवादी नेतृ सुकीसँगको नेपालको नाता रोचक छ । आङ सान सुकी र नेपालबीच अनौठा प्रसंगहरु छन् । यी प्रसंग थाहा पाउन पाँच दशकअघि फर्कनु पर्ने हुन्छ, जसबेला उनी विद्यार्थी नै थिइन । उनकी आमाले बर्माका तर्फबाट नेपालका लागि राजदूतका रुपमा काम गरेकाले सुकी र नेपालको सम्बन्ध बनेको हो । सन् १९६० मा भारत र नेपालको राजदूत भएर उनकी आमा खिन की भारत आएपछि सुकीले दिल्लीको ‘जेसस एण्ड मेरी कन्भेन्ट’ मा पढीन् । सन् १९६२ मा दिल्ली विश्वविद्यालयको लेडी श्रीराम कलेज, उच्च शिक्षा अक्सफोर्डअन्तर्गत सेन्ट हग्स कलेजमा पढिन् । सन् १९६४ मा राजनीतिशास्त्र डिग्री गरिन् ।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video