Friday

गुगलले आफ्नो वेभ ब्राउजर क्रोमलाई थप परिमार्जीत गर्दे एप्लिकेसन तथा ड्राइभर डाउनलोड नगरिकनै थ्रिडी ग्राफिक्सहरु हेर्न सकिने बनाउने भएको छ । यसकालागी गुगलले नयाँ परियोजना नै सुरुगरिसकेकेा जनाएको छ । एन्जेल -अलमोस्ट नेटिभ ग्राफिक्स लेयर इञ्जिन- नामको सो ओपेन सोर्स प्रोजेक्टले सबै खाले थ्रिडि ग्राफिक्सहरु डिस्प्ले गर्न सक्ने ब्राउजर बनाउने प्रोडक्ट म्यानेजर हेनरी ब्रिजले बताए । हाल प्रचलनमा रहेको बिण्डोज अपरेटिङ सिस्टम चल्ने कम्प्युटरहरले थ्रिडी कन्टेन्टहरु सोझै डिस्प्ले गर्न सक्दैनन्, प्लगइन्सको सपोर्ट चाहिन्छ । उच्च क्षमताको ग्राफिक हार्डवेयर भएपनि थ्रिडी कन्टेन्ट भएका वेबर्साईट खोल्न नसक्ने ब्राउजरहरुलाई माथ खुबाउन गुगलले आफ्ना ब्राउजर क्रोमलाई परिमार्जन गर्न लागकेा विष्लेषकहरुको अनुमान छ । 'विण्डोज प्रयोगगर्ताहरुले थ्रिडी कन्टेन्टहरु नयाँ ड्राइभर इन्स्टल नगरीकनै थ्रिडी कन्टेन्ट हेर्न सक्छन' ब्राउनले भने ।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video