Sunday

प्रधानसेनापति को अबकास मा हस्तछेप

फेरी अर्को प्रलय भएको छ नेपाल मा । अझै भनौ कायापलट नै भयो नेपाली सेना भित्र । माओबादी हरु ले पनि परिवर्तन ल्याउने कुरा गर्थे। गरे नि , सरकार परिवर्तन राजा बर्हिगमन ,नेपाली राजनीती मा नमुछीएको सेना को प्रधानसेनापति को अबकास मा हस्तछेप । आज सरकारले नेपाली सेनाका प्रधानसेनापति रुकमाङ्गत कटवाललाई अवकाश दिएको छ ।

मन्त्रिपरिषद् बैठकले बलाधिकृत रथि कुलबहादुर खड्कालाई कायममुकाम प्रधानसेनापति बनाएको छ । अवकाशप्राप्त प्रधानसेनापति कटवाललाई सैनिक ऐन २०६३ को दफा ११ -३) बमोजिम पदमुक्त गरिएको हो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराका अनुसार पदमुक्त गरिएका प्रधानसेनापति कटवाललाई सरकारले सोधेका तीनवटा विषयमा प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले अवकाश दिएको हो । यो दिन पनि हेर्न मिल्दो रहेछ। होइन नेपाल मा हो क्या रहा है ? मैले त अनुमान पनि गर्न सकिरहेको छैन । प्रचंड जी र कटुवाल सर को झगडा ब्याक्तिगत ता होइन होला।

यो तल को विडियो हेर्नुस र कुरा के हो पत्ता लगाउनुस ।

जो होगा ठीकै होगा भन्नु पनि सकिदैन। किनकी नेपाल मा इंडियन राजदूत को कस्तो मर्जी हुने हो त्यों हेर्न बाकि छ। एमाले भन्ने पार्टी जो सधे को ढलमल को राजनीती मा बिश्वास गर्छ, उ आज सरकार छाडेर बहिरिदै छ । यो फुटेको कान ले फेरी माकुने प्रधानमंत्री हुने भये भनेको मिथ्या कुरा सुन्न मिल्ला जस्तो लागेको छ।

अस्तु

विडियो को लागी dcnepal.com लाई धन्यबाद

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video