अमेरिका मा १३ नम्बर अनलक्की मानिन्छ । 1३औ शुक्रबार लाई पनि अशुभ मानिन्छ ।
।२००९ साल लाई पनि अनलक्की बर्ष मान्नु पर्छ। किनकी यस बर्षमा ३ वटा १३औ शुक्रबार परेका छन। तपाईंहरुलाई थाहा छ एस्तो ३-३ वटा १३औ शुक्रबार ११ बर्षमा १ पटक मात्र आउछ।
कतिपय हस्पिटलहरुमा रुम # १३ हुँदैनन। ठुला अग्ला भवनहरुमा #१३ फ्लोरलाई बन्द गरिएको हुन्छ।अर्थात प्रयोगमा ल्याइएको हुँदैन्न। कतिपय बिमान स्थलहरुमा पनि गेट # १३ लाई प्रयोगमा ल्याइएको हुँदैन।राष्टपती फ्रेन्क्लिन डि. रोजभेल्ट १३औ दिनमा कहिलै ट्राभल गरेनन्। साथै १३ जना गेस्ट भएको कार्यक्रम या १३ जनासँग बसेर कहिल्यै खाना खाएनन।
केही धर्मशास्त्रहरुले पनि १२ सम्मलाई अतीराम्रो, तर १३ मा बिष सेवन गर्न पर्न सक्ने ठम्याएका छन। शायद त्यसैले होला धर्मबिधहरुले धेरै काम कारबाहीहरु लाई १२ मा नै टुङ्गाएका छन।
बर्षमा १२ महिना हुन्छ। राशीका नाम पनि १२ वटा मात्र छन। दर्जनमा पनि जम्मा १२ वटा बस्तु या चिज पर्छन। धेरै पर्बहरु १२ बर्षमा एक पटक मनाउने गरिन्छा।
No comments:
Post a Comment