गत सता बुधवार करिव १० बजे बिहान निंद्रा बाट भर्खर उठेको मात्र थिए एउटा मिठो स्वर मा फ़ोन आयो।
सुदर्शन सर उठ्नु भयो? मैले भने उठे । अनि के आज काम मा कति बजे जाने? मैले भने १ बजे । आहा कति राम्रो , तपाई को एड्रेस के हो हामी आउदै छौ । मलाई थाहा थिएन कसले फ़ोन गरेको भन्ने । लाज पचायेरै सोधे हजूर को बोल्नु भएको ?
उहा हुनुहुदो रछ हाम्रो आदरणीय दाई श्री सुरेश पोखरेल जो नया युगबादी कवि पनि हुनुन्छ, उहा किन यसरी एक्कासी आउन लाग्नु भएछ होला भन्ने खुलदुली लागिरहेको थियो ।
उहा को मावली भाई श्री दिपेन्द्र राज दहालको ऑस्टिन निवासी सुश्री सृजना सुबेदी संग आउने शनिवार बिहा गर्ने कार्यक्रम रहेछ र येसको लगी निम्तो दिन आउनु भएको रहेछ । साथै मलाई म बसेको वरपर का केई गण्यमान्य ब्याक्तिहरुलाई बिहा को कार्यक्रम मा शोभा बढ़ाई दिन अनुरोध गरिएको निमंत्रना कार्ड दिनुहोला र शनिबार मन्दिर मा र पार्टी मा तपाई आउनु होला भनेर जानू भयो। मैले उहा बाट अनुरोध गरेको काम सके । निमंत्रण शब्द को अर्थ अनुरूप शनिवार को दिन बिहान काम भएकोले बेलुकी पार्टी हल शालीमार रेस्टुरेंट मा हामी लागेउ। गेट मा ऋषि दाई र हस्त गौतम , मृदुल दाजू लाई भेट भयो । भित्र पार्टी हल मा आमंत्रित हरु ले नब दम्पति लाई शुभकामना दिन ब्यस्त थिए । आमंत्रित हरुको आउने र जाने क्रम चलिरेको थियो भने दाजू सुरेश गेट मा बसेर आमंत्रित हरुलाई धन्यबाद तथा स्वागत गर्दै हुनुथियो । बाकि यो फोटो विडियो हेर्नुस।
श्री दीपेन्द्र राज दहाल तथा सृजना सुबेदी को सुखद दाम्पत्य जीवन को हार्दिक मंगलमय शुभकामना ।
No comments:
Post a Comment