राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ले आज भेटघाट गरेछन । भेटवार्तामा राष्ट्रपति डा. यादवले मंगलबार जारी गर्नुभएको तीन वटा अध्यादेशको कार्यान्वयन प्रक्रिया लगायतका बिषयमा छलफल गर्नुका साथै विशेष अधिवेशन र हिउँदे अधिवेशन बोलाउने बिषयमा पनि छलफल भएछ । प्रचण्डले माओवादी जनमुक्ति सेनाको चौधौं बर्षगाँठका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपतिलाई आग्रह गरेछन तर राष्ट्रपति डा. यादवले भने अस्वीकार गर्नु भयेछ । राष्ट्रपति डा यादवले आफू दलविशेषको कार्यक्रममा सहभागी नहुने जानकारी प्रधानमन्त्रीलाई दिनुभएको थियो । हामी देश /बिदेश मा बसने नेपालीहरु ले रास्ट्रपति डा यादव बाट यस्तै आश गरेका थियौ । कुनै पनि पार्टी प्रति पूर्वाग्रही नभई स्वतंत्र भई नेपाल र नेपाली को हित को लागी लाग्न हामी राष्ट्रपति डा. रामवरण यादव ज्यूँ लाई अनुरोध पनि गर्दछौ ।
No comments:
Post a Comment