नेपाली जनसम्पर्क समति, अमेरिका र एड एण्ड इभेन्टस् नेपालको संयुक्त आयोजनामा आगामी डिसेम्वर २० देखि २३ सम्म हुने नेपाल महोत्सव सफल बनाउन समितिले अमेरिका र विश्वमा छरिएर हरेका प्रवासी नेपालहरुलाई हार्दिक अनुरोध गरेको छ ।अमेरिकाको न्यूयोर्क शरहमा आयोजना हुने उक्त चारदिने महोत्सव देशविदेशमा रहेको सम्पूर्ण नेपाली र मातृभूमि नेपालको प्रतिष्ठासंग गांसिएको हुंदा सबै क्षेत्र, वर्ग र समुदाय तथा संघसंस्थाको सहभागिताका लागि अनुरोध गर्ने निर्णय समितिको हिजोको बैठकले गरेको हो । विविध सम्भावनाले परिपूर्ण यो विशाल र महान मुलुक अमेरिकामा मातृभूमि नेपालको कला, सास्कृति, घरेलु शिल्पकला, पर्यटन आदिलाई प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना गरिएको सो महोत्सवको सफलतासाग हामी सम्पूर्ण नेपालीको सफलता र पहिचान गासिएको हुादा महोत्सवको भव्य आयोजना तथा सफलताका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग लागि समितिले आहृवान गरेको छ ।महोत्सवमा नेपालको पर्यटन, नेपाली खानाका परिकार तथा आतिथ्यता, प्राकृतिक तथा जैविक उत्पादन जडिवुटी आदि, कृषि उत्पाद, घरेलु शिल्पकला तथा हस्तकला एवं काष्ठकला, नेपाली गरगहना, वाद्यवादन, नेपाली सास्कृति, नेपाली फिल्म महोत्सव आदिको प्रस्तुतिका साथै व्यवसायिक सेमिनारहरु पनि आयोजना हुनेछन् । महोत्सवमा "महिनाको एकडलर मातृभूमिका लागि" अभियान सम्वन्धी कार्यक्रम पनि प्रस्तुत गरिने छ ।
श्रोत इन्टरनेट पत्रिका
No comments:
Post a Comment