भारतको पहिलो मानव रहित चन्द्रमा यान साँझ ४ बजेर ५१ मिनेटमा चन्द्रमाको कक्षमा पुगेको छ । शनिबार भारतिय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरू यतिबेला खुशियाली मनाउँदैछन् । राष्ट्रपति तथा प्रधानमन्त्री लगायत अन्य नेताहरूले वैज्ञानिकहरूलाई यो सफलताको लागि बधाइ दिएका छन् । अहिले यान दीर्घवृत्ताकार कक्षमा परिक्रमा गरिरहेको छ । यसको निकटस्थ विन्दु चन्द्रमादेखि ५०४ किलोमिटर छ भने सबैभन्दा टाढाको विन्दु ७,५०२ किलोमिटर छ । भारतले चन्द्रयानलाई चन्द्रमामा पठाउनका लागि तीन अर्व छियासी करोड भारतिय रूपैयाँ खर्च गरेको छ ।
No comments:
Post a Comment