आज ९ तारीख , हिन्दू धर्मालम्वीहरूले भगवान् विष्णुको पूजा–अर्चना तथा व्रत बसी मनाउँदैछन् । पौराणिक कथा अनुसार ‘मुर' नामका दैत्यबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको थियो । त्यस युद्धको थकानबाट विश्रान्ती लिन बद्री आश्रमको हेमवती गुफामा गई शयन गरिरहेको अवस्थामा विष्णुका शरीरबाट एक सुन्दरी उत्पन्न भएको किंवदन्ती छ । तिनै कन्याबाट बध गरिएका मुर नामक गरेका दैत्य जमिनमा बज्रिएको आवाजले भगवान् विष्णु शयनबाट ब्युँझिएको सम्झनास्वरुप आजको दिनलाई हरिबोधिनी एकादशीमा रुपमा मनाइन्छ ।
No comments:
Post a Comment