Tuesday

हामी नेपाली लाई हामी जहा बसे पनि हाम्रो देश प्यारो लाग्छ, हाम्रो भाषा सस्कृति अमूल्य लाग्छ अनि हाम्रा नेपाली दाजू भाई दीदी बहिनी हरु को सफलता , सुख दुःख मा सहभागी हुन पाउदा खुशी लाग्छ । यो नै बिदेश बस्ने आधार हो । लामो समय देखि अस्टिन बसोबास गर्दै आईरहेका सफल ब्याबसायी श्री निर्मल कुमार श्रेष्ठ तथा श्रीमती बिना श्रेष्ठ की जेस्ठ सुपुत्री सुश्री निभा श्रेष्ठ ले यस वर्स कोनोल्ली हाई स्कूल बाट ग्रजुएट गरेकी छीन । यही अवसर मा निर्मल कुमार श्रेष्ठ ज्यूँ ले एक रात्रि भोज को आयोजना गर्नु भएको थियो ।
Round Rock को एक कम्युनिटी हॉल दुलही सजिये झै सजियो। नेपाल बाट अस्टिन आएर व्यवसाय गर्ने व्याबसयी, बिभिन्न पेशामा आबद्द नेपाली हरु र नेपाल बाट उच्च सिक्षा हासिल गर्न टैक्सस आएका नेपाली हरुको पनि बाक्लो उपस्थिति रह्यो भने टेम्पल डलास डेनवर सनान्तोनियो लगायेत का शहर बाट आफन्त तथा मान्यजनहरु शुभकामना दिन आइपुग्नु भएको थियो । बिद्यालय मा कठिन भन्दा कठिन विषय हरु मा सफलता हासिल गर्ने गरेकी निभा अब यूनिवर्सिटी ऑफ़ टैक्सस मा डेंटिस्ट स्पेसिअलिस्ट को अध्यन गर्ने तयारी मा जुटेकि छिन भने छोरी को सफलता को लागी आफु जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने कुरा निर्मल कु श्रेष्ठ ले बताये ।
निभा श्रेष्ठ का हरेक जन्म दिन हरु मा सहभागी हुदै आउनु भएका डा कमल राज अधिकारी ,गणित बिसय मा लामो समय देखि सहयोग गर्दै आउनु भएका पुष्कर प्रधान तथा उनका परिवार का सदस्य हरु ले निभा का बिसय मा बोल्नु भएको थियो । उक्त भोज मा निभा का पिता श्री निर्मल कुमार श्रेष्ट ज्यूँ ले रात्रि भोज सरिक भई शुभकामना दिन पाल्नु हुने सम्पूर्ण महानुभाव हरु लाई धन्यबाद दिनु भएको थियो।
नेपाली चेली को सपना साकार रहोस ,यही हाम्रो पनि शुभकामना ।
(फोटो सौजन्य :अभिषेक नकर्मी,पुष्कर श्रेष्ठ )

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video