कोही हिन्दी गीत मा डांस गरेर मस्त देखिन्थे भने कोही बाहिर बगैचामा नेपाली लोक गीत गाएर रमाइरहेका थिए। कसैका हातमा जूस त कसैका हातमा वाइन देखिन्थ्यो। सबै जन दिनभरिको कामले थाकेका भयेपनी सथिभाई संगको जमघट ले गर्दा खुसी देखिन्थे। केहि बिदेशी पाहुना को सहभागिता भयेपनी धेरै नेपालीको जमघट भएको यो कार्यक्रम भने समाजसेवी तथा व्याबसायी हेम पाठक ले आयोजना गरेका थिए।
आफ्नी छोरी ले ग्र्यजुएसन गरेको उपलक्ष्यमा आयोजना गरेको सो जमघट कार्यक्रम मा अमेरिका का बिभिन्न शहर हरु बाट शुभकामना दिन पुराना स्थापित भई सकेका ब्यक्तित्व हरु र भर्खर नेपाल बाट अमेरिका आएका नेपाली भाषी भूटानी हरु को पनि उपस्थिति देखिएको थियो।
कानून पढेर समाज सेवा गर्ने धोको रहेको सोनी पाठक यूनिवर्सिटी ऑफ़ टैक्सस मा भर्ना हुदै छीन भने पढ़ाई पश्चात नेपाल मा नै गएर सेवा गर्ने योजना रहेको बताइन ।
साथै उनलाई शुभकामना दिदै साहित्यकार श्री मोहन सिटौला तथा सनान्तोनियो निवाशी जलेस्वोर श्रेष्ठ ले मनतब्य राख्नु भएको थियो ।
उपस्थित हुनुभयका सम्पूर्ण पाहुना तथा महानुभाव हरु लाई स्वागत तथा धन्यबाद दिदै एस्तो किसिमको कार्यक्रम ले नेपाली नेपाली मा आपसी भाईचारा र सद्भाव बढ़ने आयोजक हेम पाठक भन्छन। कार्यक्रम मा सहभागी सबै नेपाली तथा बिदेशी ले पाठक का छोरी लाई बधाई दिएका थिए । यस अबसर मा हाम्रो पनि बहिनी सोनी पाठक लाईबधाई तथा शुभकामना। अस्टिन टैक्सस
No comments:
Post a Comment