Tuesday

स्वाइन-फ्लु के हो

समय परिवर्तन संगै बिश्व मा धेरै कुरामा अनगिनती परिवर्तन हरु भएका छन। बिकास का क्रम जस्तै रोग को पनि बिकास भैरहेको छ . स्वाइन-फ्लु" भाईरस हालसम्म अमेरिका र मेक्सिको बाहेक संसारभरी जम्मा ७३ वटा केसहरु रिपोर्ट भएका छन जसमा ६ वटा क्यानडामा देखा परेको छ।
फ्लु टाइप "ए-इन्फ्लुएन्जा" ले फैलिने गरेको छ। मेक्सिकोमा पाइएको "स्वाइन-फ्लु" खासगरी टाइप "ए.एच्1.एन्1. भाईरस" भएको थाहा भएको छ। उक्त भाईरस खासगरी सुंगुर्, पंछी र मानिसमा फैलने खालको इन्फ्लुएन्जा भाईरसको मिश्रीत रुप हो। यसका असर हरु सामान्यतया : ज्वरो आउने, थकाई लाग्ने, भोक नलाग्ने,खोकि(कफ) र निमोनिया भएको महसुस हुने गर्दछ।यसका लागि कुनै भ्याक्सिन हाल्सम्म उपलब्ध छैन तर बिभिन्न देशहरुमा औषधीका रुपमा ट्यमिफ्लु र ओसेलटामिबिर प्रयोगमा ल्याइएको छ्।अमेरिकामा यु.एस. फेडरल स्टक्पाइल मार्फत "स्वाइन-फ्लु" का औषधीहरु हरेक स्टेटहरुमा बितरण गर्न सुरु गरी सकेको छ। तपाईंहरु मध्ये कसैलाई पनि एस्तो महसुस भएमा तुरुन्त नजिकको स्वास्थ्य चौकिमा जानु होला।

1 comment:

  1. thank you for the concern about swine flue
    Great job. keep it up.
    Binod from austin

    ReplyDelete

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video