चैत २८ गते हुने संविधानसभा उपनिर्वाचनको कार्यक्रमनिर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोग का अनुसार चैत १ गते उम्मेदवारी दर्ता, चैत २ गते सूचि प्रकाशन र दावी विरोध, चैत ३ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, ५ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत ५ गते नाम फिर्ता लिने कार्यक्रम छ भने चैत ६ गते अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । चैत २८ गते बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । मोरङ ५ र ७, धनुषा ५, कास्की १, रोल्पा २ र कञ्चनपुर ४ मा उपनिर्वाचन हुनेछ । कार्यक्रम र्सार्वजनिक गर्दै प्रमूख निर्वाचन आयुक्त भोजराज पोखरेलले ५ वटै क्षेत्रमा विद्युतीय प्रणालीबाट मतदान हुने जानकारी दिनुभयो
No comments:
Post a Comment