Tuesday

King Gyanendra to Gyanendra Shah

  1. २००७ कात्तिक ः राजा त्रिभुवन परविारसहित भारतीय दूतावासको शरणमा । राणा शासकहरूद्वारा उनका नाति ज्ञानेन्द्र राजा घोषित ।
  2. फागुन ७ ः राजा त्रिभुवन १ सय ६ दिनको भारत प्रवासपछि सपरविार स्वदेश फिर्ता ।
  3. २००८ ः मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएपछि राजा-काङ्ग्रेस सम्बन्ध ब्रि्रन सुरु ।
  4. २०११ फागुन ३० ः राजा त्रिभुवनको स्वीट्जरल्यान्डको जुरखिमा ४८ वर्षो उमेरमा निधन ।
  5. चैत १ ः राजा महेन्द्रको राज्यारोहण ।
  6. २०१६ जेठ १२ ः आमनिर्वाचनबाट बीपी कोइराला प्रधानमन्त्री बनेपछि राजा महेन्द्रस“ग द्वन्द्व सुरु ।
  7. २०१७ पुस १ ः शाही 'कू' गरी राजा महेन्द्रबाट सक्रिय राजतन्त्र सुरु । बीपीलगायतका काङ्ग्रेस नेताहरू बन्दी, व्यापक दमन ।
  8. २०१८ ः काङ्ग्रेसद्वारा सशस्त्र सङ्र्घष्ाको थालनी । दर्ुगानन्द झा, अरविन्द ठाकुरहरूद्वारा जनकपुरमा राजा महेन्द्रको जिपमा बम प्रहार । झालाई फा“सी ।
  9. २०२५ ः बीपीलगायत काङ्ग्रेस नेताहरू जेलबाट रहिा, भारत प्रवासमा ।
  10. २०२८ माघ १७ ः राजा महेन्द्रको निधन, राजा वीरेन्द्रको राज्यारोहण ।
  11. २०३२ ः काङ्ग्रेसद्वारा दोस्रो सशस्त्र आन्दोलन सुरु ।
  12. २०३६ पुस १६ ः बीपी मेलमिलापको नीति लिएर स्वदेश फिर्ता ।
  13. जेठ १० ः विद्यार्थी आन्दोलनपछि राजा वीरेन्द्रबाट जनमतसङ्ग्रहको घोषणा । बहुदलवादीको पराजय ।
  14. २०४२ जेठ १० ः सत्याग्रह आरम्भ, काठमाडौ“का विभिन्न स्थानमा बम विस्फोटपछि स्थगित । २०४६ फागुन ७ ः गणेशमान सिंहको नेतृत्वमा काङ्ग्रेस-कम्युनिस्टद्वारा संयुक्त जनआन्दोलन सुरु ।
  15. चैत २६ ः बहुदलको घोषणा ।
  16. ०४७ कात्तिक २३ ः नया“ संविधान जारी, राजा संवैधानिक ।
  17. २०५२ फागुन १ ः माओवादी व्रि्रोह सुरु ।
  18. २०५७ ः माओवादीविरुद्ध सेना परचिालन गर्ने विषयमा प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाको दरबारस“ग मतभेद ।
  19. २०५८ जेठ १९ ः राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायत राजपरविारका अन्य सदस्यहरूको हत्या ।
  20. जेठ २० ः गोली लागी अचेत रहेका तत्कालीन युवराज दीपेन्द्रलाई राजपरष्िाद् बैठकद्वारा राजा घोषित ।
  21. जेठ २२ ः दीपेन्द्रको निधन, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र राजा घोषित, तीन दिनसम्म कफर््र्यु जारी ।
  22. असार ः होलेरी प्रकरणमा सेना परचिालनलाई लिएर दरबारस“ग मतभेद उब्जेपछि प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाद्वारा राजीनामा ।
  23. २०५८ साउन ७ ः शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त ।
  24. साउन ८ ः माओवादीद्वारा युद्धविरामको घोषणा ।
  25. साउन ३१ ः माओवादीद्वारा कृष्णबहादुर महराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन ।
  26. भदौ १ ः सरकारद्वारा तत्कालीन निर्माण तथा भौतिक योजनामन्त्री चिरञ्जीवी वाग्लेको नेतृत्वमा पा“च सदस्यीय वार्ता टोली गठन ।
  27. कात्तिक १० ः विजयादशमीको अवसरमा राजा ज्ञानेन्द्रद्वारा तत्कालीन शाहज्यादा पारसलाई युवराज घोषणा ।
  28. २०५९ जेठ ८ ः प्रधानमन्त्रीको सिफारसिमा राजाद्वारा प्रतिनिधिसभा विघटन ।
  29. असोज १८ ः राजाद्वारा प्रम शेरबहादुर देउवालाई 'अक्षम'को आरोप लगाउ“दै पदमुक्त र कार्यकारण्िाी अधिकार आफै“ले ग्रहण ।
  30. असोज २५ ः राजाद्वारा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार गठन । राजा र दलहरूबीच दूरी र द्वन्द्वमा बढोत्तरी ।
  31. पुस १९ ः राजाको अभिनन्दनको शृङ्खला सुरु ।
  32. माघ १२ ः माओवादीद्वारा सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको हत्या ।
  33. माघ १५ ः सरकार र माओवादीबीच युद्धविराम । वार्ता प्रक्रिया सुरु ।
  34. २०६० जेठ २१ ः राजाद्वारा र्सर्ूयबहादुर थापाको नेतृत्वमा नया“ सरकार गठन ।
  35. पुस १ ः राजाविरुद्ध नारा लगाएको अभियोगमा नेविसङ्घका तत्कालीन अध्यक्ष्ँ गुरु घिमिरे, महामन्त्री गगन थापा र अनेरास्ववियुका पुरुषोत्तम आचार्यलाई पक्राउ गरी राजद्रोहको मुद्दा । २०६१ जेठ २० ः शेरबहादुर देउवा पुनः प्रधानमन्त्री नियुक्त ।
  36. माघ १९ ः राजाद्वारा देउवा सरकार अपदस्थ, आफ्नै अध्यक्षतामा मन्त्रिपरष्िाद् रहेको घोषणा । २०६२ वैशाख १ ः राजाद्वारा २०६२ सालभित्र नगरनिर्वाचन गरनिे घोषणा ।
  37. वैशाख २५ ः संसद्वादी सात दलद्वारा संयुक्त मोर्चा घोषणा गरी आन्दोलनको सुरुवात ।
  38. असार ४ ः माओवादीस“ग वार्ता र संविधानसभाको निर्वाचनमा जाने सात दलको निर्ण्र्ाा। साउन २७ ः नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच दिल्लीमा गोप्य वार्ता । भदौ १८ ः माओवादीद्वारा तीनमहिने एकतर्फी युद्धविराम घोषणा ।
  39. मङ्सिर ७ ः सात दल र माओवादीबीच १२ बु“दे दिल्ली समझदारी ।
  40. वैशाख ११ ः १९ दिने जनआन्दोलनपश्चात् राजा ज्ञानेन्द्र राजकीय सत्ता जनतालाई नै फिर्ता गर्न बाध्य ।
  41. असार २ ः माओवादी अध्यक्ष प्रचण्ड -पुष्पकमल दाहाल) प्रधानमन्त्री निवास बालुवाटारमा र्सार्वजनिक ।
  42. मङ्सिर ५ ः सरकार र माओवादीबीच बृहत् शान्ति सम्झौता ।
  43. माघ १ ः अन्तरमि संविधान जारी, माओवादी अन्तरमि संसद्मा प्रवेश ।
  44. फागुन २५ ः संविधान संशोधन गरी लोकतान्त्रिक सङ्घीय शासन प्रणालीप्रति प्रतिबद्धता । ०६४ जेठभित्र संविधानसभा चुनाव गर्ने संविधानमा नै उल्लेख ।
  45. २०६४ जेठ ३० ः राजाले संविधानसभा चुनाव हुन नदिन गम्भीर व्यवधान खडा गरेमा व्यवस्थापिका-संसद्को दर्ुइतिहाइले हटाउन सक्ने प्रावधान संविधानमा थप । चुनाव मङ्सिर महिनाभित्र गरनिे पनि उल्लेख ।
  46. पुस १३ ः संविधान संशोधन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको व्यवस्था । गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट गर्ने घोषणा । चैत महिनाभित्र चुनाव गर्ने कुरा पनि संविधानमा नै उल्लेख ।
  47. चैत २८ ः संविधानसभाको निर्वाचन सम्पन्न । राजा ज्ञानेन्द्रलाई पदच्यूत गर्ने तयारी

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video