Monday

एउटा ब्रताबंदा रिवेश श्रेष्ठ वीडियो को साथ




जहा जहा नेपाली त्याही नेपाली समाज अन्नी जहा जहा नेपाली समाज त्याही नेपाली धर्म र संस्कृति को निरंतरता ।


टैक्सस राज्य को ऑस्टिन बसोंबास को लगी अत्ति सुरछित मानिन्छ । करीब २००/३०० को हाराहारी मा नेपाली हरु को बसोबास रहेको यस ऑस्टिन विविध गतिबिधि हरु हुने गर्छ । गत हप्ता ऑस्टिन मा हाम्रो प्यारो भाई रिबेश श्रेष्ठ को ब्रताबंदा सम्पन्न भयो।



बिहान सबेरै देखि आमा रीमा श्रेष्ठ को निर्देशन मा घर का सबै सदस्य हरु नेपाली पोसाकमा सजीएर जग्गे सजौने देखि विभिन्न काममा लागी तयारी हनु भएको थियो। मंगल धुन बजी रहेको थियो। तहा पुग्दा मानौ कुनै मन्दिर मा आइपुगेको जस्तो भान हुन्थो । रिबेश स्वयम बाट अत्ति रोचकता का साथ हवन र श्री सत्यनारायण को पूजा आराधना गरी सके पछि धार्मिक बिधि अनुसार रिबेश लाई पिता श्री बाल शंकर ज्यू ले मंत्र दान गर्नु भएको थियो भने आमा श्रीमती रीमा श्रेष्ठ ज्यू ले पूजा बिधि लाईअंग्रेजी भाषा मा अनुबाद गरी ब्रतावंद को महत्व र अर्थ लगाउनु भयको थियो।



देशांतर जाने क्रममा मामा हेमेंद्र र भांजा रिबेस को भागदौड़ चलेको देख्दा वरीपरी का बिदेशी छिमेकी हरु अनौठो मानेर हेरिरहेका थिए ।
Canada र विभिन्न स्टेट बाट पाल्नु भएका आफंतहरु र ऑस्टिन बासी आफंतहरु अन्नी Nepal बाट आउनु भएका रिवेस को हजुरबा र हजूर आमा हरु सबै मिलेर भिक दान गर्नु भएको थियो।




अन्तंमा आफ्नो नेवारी परम्परा अनुसार सगुना दिने मौलिक परम्परा पनी सम्पन्न भएको थियो र भोली पल्ट एक बिशाल भोज को आयोजन गरिएको थियो ।

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video