Showing posts with label nepali in austin. Show all posts
Showing posts with label nepali in austin. Show all posts

Friday

अस्टिन ब्रत्बंध रविन भट्टराई

संस्कार भनेको बिजगर्व समुद्भव पाप नाश गरी बिभिन्न कर्म मात्रमा अधिकार दिने मंगलमय कार्यहरू द्वारा सर्वभ्युदय प्राप्त गराउने सत्कर्म हो। परम्परा बिधेय प्राप्त कर्म हरु को निरंतरता नै संस्कार हो भन्न अनुचित नहोला। बढ्दो नेपाली संख्या ले शहर अस्टिन मा अझै रौनकता थपेको छ। नेपाली हरु ले धार्मिक संस्कार हरु प्रति को आस्था बिश्वास लाई निरंतरता दिएका छन भने आफ्ना रीती रिवाज मूल्य मान्यता र मौलिक संस्कृति हरु को जगेर्ना गरेका छन ।

गत आइतबार श्री सुरेन्द्र भट्टराई तथा श्रीमती बंदना भट्टराई का कनिष्ठ सुपुत्र रविन भट्टराईको बैधिक कर्मन्तर को अधिकार प्राप्त गराउने उपनयन /ब्रतबंध समापन भएको थियो। शनिवार बिहान ८.०१ बजे को शुभ मुहुर्तमा सम्पूर्ण मंगल कार्य भएको थियो। दीप कलश गणेश पूजन पश्चात कुमार की आमा बंदना , ठुल्यामा समिता ,माइजू सत्या, काकी सुनीता तथा भाउजू लुना महामोदककरण बुकुवा भुटने कार्य मा ब्यस्त हुनुन्थियो । धान सुकॉउने तरफ फुपू अंजू चालीसे र सानु नानी प्रसिद्दि बसेका थिए भने चोखो माटो खन्ने तर्फ पूजा र सबरीना बसेका थिए। केराको पात काटने कार्य को लागी कुमार का भानिज दाई उदय अधिकारी र दाई निक तयार थिए । प्रस्ट सूर्योदय शीतल हावा चली रहेको थियो। क्यासेट बाट मंगल्धुन बजिरहेको थियो। स्वतिबाचन र मंगल मंत्र हरु को वचन ले पवित्रता दिराहेको थियो। निर्धारित समय मा पुर्बांगा को कार्य संपन्न भये पछि घरमा आमंत्रित महानुभाव हरु ले जग्गे बनाउने सजौने काम गरेका थिए भने बेलुका जुटिका बाधियेको थियो ।

आइतबार बिहान कुमार का आमा ले पूजा को सामग्री हरु गरि सक्नु भएको थियो। निरन सुबेधि तथा प्रणय अधिकारी जी को सहयोग मा जग्गे अग्निस्थापना कार्य सुरु गरेपछि कुमार का पिता सुरेन्द्र भट्टराई का साथ कुमार ले सम्पूर्ण कार्य अत्तयंत रूचि पूर्वक सम्पन्न गरेका थिए। मामा हरु ले चूडा गराएका थिए भने गायत्री मंन्त्र दान कुमार का पिता ले गरेका थिए। मंत्रदान गर्ने समय मा उपस्थित महानुभाव् हरु ले भजन कीर्तन गायेका थिए। भीख दान र देशांतर गमन को समय मनमोहक थियो। देशांतर जाने बेला मा मामा हरु ले भांजा लाई खोज्न स्थानीय मन्दिर बर्शानाधाम जानु परेको थियो। अस्टिन ह्यूस्टन र डल्लास बाट लगी नेपाली हरु लाई मन दिन बेलुकी Wells Branch Comunity Hall मा डिनर तथा को कामना को कार्यक्रम पनि रखियेको थियो।

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video