Thursday

भूटानी सरनार्थी हरु को कहिले सरनार्थी मुक्त हुने

भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालद्धारा लिखित पुस्तकको विमोचन गर्दै नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भुटानी शरणार्थीहरुको समस्या तेस्रो मुलुकमा पठाउँदैमा समाधान नहुने बताउनु भएको छ । शरणर्थीको समस्या नेपाल भारत र भुटानको रहेकाले तिनै देशको संयुक्त पहलमा समाधान गरिनु पर्नेमा जोड दिनु भयो । अफना कार्यकाल मा भएका बिभिन्न चरण का बार्ता हरु असफल हुनुको कारक भूटानी राजा नै भएको भन्दै भुटानका राजालाई शरनार्थीको समस्या समाधान गर्न आग्रह गर्दा उनले हुन्छ मात्र भनेर टारेको खुलासा गर्नु भयो । सभापति कोइरालाले शरणर्थीहरुको आंदोल प्रति आफ्नो सदभाव रहेको प्रष्ट पार्नु भयो । कार्यक्रम मा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शरणार्थीहरुको समाधान गर्न तिनै देश सक्रिय हुनु पर्नेमा जोड दिनु भयो । देश द्रोह को आरोप लगाएर सोझा साझा नेपाली मुलका भूटानी हरुलाई देश निकाला गर्ने देश को बिरुद्ध संयुक्त रास्त्र संघ को भूमिका र चासो कैले हुने ? भूटान बर्मा सिक्किम दार्जिलिंग मा नेपाली हरु राज्य सरकार र जनता बाट कहिले सम्म उपेछित हुने ? यसरी नेपाली हरु अर्को देश मा मानव अधिकार हनन र दवाव मा कहिले सम्म ?

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video