ये राता मकै ! तपाई आफ्नो कार गाडी लाई हावाइ जहाजमा बदल्न सक्नु हुन्छ? मेरो २००६ को टोयोटा कोरोला ले सड़क बाट एक रौ पनि माथि छोडेको छैन । खोई तपाई को कार ले के कति इंच भई छोद्छ थाहा छैन तर , केही दिन मन लगे गुडाउने नत्र उढाउने खाल को कार केहि दिन अघी न्यूयोर्कमा गरिएको परिक्षण सफल भयो।
"कार्ल डायट्रिक" द्वारा निर्मित टैराफ्युजिया कार-जहाज जब आकाशमा सफलताका साथ उड्यो मैले पनि टीवी समाचार मा हेरेको थिए दङ्ग्ग परे । यस भन्दा अगाडि पनि देरै आकाशमा उड्ने कार-जहाज बनाउने कोशीस नभ्एका होइनन। तर कोइ पनि सफल हुन सकेका थिएनन तर "कार्ल डायट्रिक" द्वारा निर्मित यो टैराफ्युजिया कार-जहाज सोचे भन्दा पनि सफल भयो।यस कार-गाडीलाई अवतरण ल्यन्डिङ गरेपछी एउटा बटन दबाउनु भयो भने यसका दुबै पखेटा फोल्डिङ भएर कार बन्ने छ, र तपाईंले आफ्नो घरको ग्यारेजमा आरामले पार्क गर्न सक्नु हुनेछ।यो दुई सिट र चारवटा चक्का भएको उड्नी तथा गूड्नी बहान हो। यसको मुल्य $१९४,०००।०० पर्छ . अरे बाप ! प्रविदी र पैसो ले संपन्न देश मा बसे पछि येत्ती को कुरा पनि सुन्न मिलदा पनि सारो खुशी पो लागने रछ ये राता मकै ! ।
No comments:
Post a Comment