उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम गम्भीर बिरामी पर्नु भएको छ । अत्यधिक ज्वरो आएपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना हुनु भएका उपप्रधान तथा गृहमन्त्री गौतमको थप उपचारका लागि बैंकक लैजाने तयारी भईरहेको समाचारस्रोतले जनाएको छ ।
केही दिन अगाडि फोक्सोमा समस्या आएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा केही दिन भर्ना भई उपचार गर्राई फर्किनु भएका गृहमन्त्री गौतम बुधबार बेलुकादेखि न्यूरो अस्पतालमा भर्ना हुनु भएको हो ।
जनपुकार बाट
No comments:
Post a Comment