रौतहटबाट संविधानसभा निर्वाचनमा विजयी सभासद बबन सिंहलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राखिने भएको छ । आज जिल्ला अदालत पर्साका न्यायाधीश अजयराज उपाध्यायको एकल इजलासले उनलाई अनुसन्धानका लागि थप तीन दिनसम्म हिरासतमा राख्ने आदेश दिएको हो ।
उनीविरुद्ध रानीघाटका जटाशंकर साह कानु, व्यापरी राजेन्द्र कयालको हत्या र शिक्षिका निर्मला धसिनेकुलाई हत्याको अभियोग छ । बबन सिंहविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजाना अर्न्तगत मुद्दा चलाइएको छ । उनलाई हिजो वीरगञ्जमा पक्राउ गरिएको थियो । प्रहरी नियन्त्रणमा रहेका तराई कोब्रा नामक भूमिगत संगठनका सदस्य फुलहसन अन्सारीले बयानका क्रममा बबन सिंहलाई पोलेपछि पक्राउ गरिएको हो
No comments:
Post a Comment