नेपाली डा शिवलाल आचार्यले पेन्सिलभानियामा जेलभित्रै आत्महत्या गरेका छन्। स्थानीय समय अनुसार, डिसेम्बर १३ तारिख शनिबार विहान १० बजेदेखि १२ बजेभित्र जेलभित्रै मृत्यु भएको जानकारी जेल प्रशासनले उनका एक नातेदार लाई शनिबार राती ९ बजे फोन गरेर दिएको थियो । उनलाई मान्छेलाई किचेर मारेको, तेश्रो तहको हत्या, पुलिसलाई छक्याउदै भागेको, दुर्घटनापछि पुलिसलाई खबर नगरेको र थुप्रै ट्राफिक नियमहरु उलंघन गरेको लगायतका ७ वटा आरोपहरुमा गत सेप्टेम्वर देखि थुनामा राखिएको थियो ।
No comments:
Post a Comment