नेपाली त्यो हो जो। जसले। जसलाईः
- अरू थोक जतिसुकै खाए पनि भात नखाएसम्म पेट भरिएको ठान्दैन र भातै नखाई छाड्दैन। तर कसैले भाते भनेमा त्यसलाई गाली ठान्छ र रिसाउँछ। -
- गुन्द्रुकलाई राष्ट्रिय खाना र सेलरोटीलाई श्रेष्ठ परिकार ठान्छ। -
- रेस्टुराँमा खानाको मेनु जति हेरे पनि मोमो नै माग्छ। खुबै मागे चाउमिन या फ्राइड राइससम्म माग्छ। - रक्सी खानलाई सितन चिकन-चिली नै चाहिन्छ।
- - चाडवाडमा रक्सी खाएर मात्नै पर्छ र दशैँ-तिहारमा तास खेल्नै पर्छ।
- - खाने तरकारीमा प्याज र गोलभेंडा हाल्नै पर्छ।
- - कसैसित भेट हुँदा खाना खानुभयो? भनेर सोध्नै पर्छ।
- - चप्पल या जुत्ता उल्टो देखेमा त्यसलाई सुल्टो पार्नै पार्छ।
- - राति नङ काट्दैन, काटेमा आमा या बज्यैको गाली खान्छ।
- - घरभित्र सुसेली हाल्दैन, हाले ठूलाको खप्की खान्छ।
- - जति पटक हातले घाँटी छुन्छ त्यति नै पटक हात फुक्छ।
- - जुनसुकै ठाउँमा धक नमानी कान या नाक कोट्याउँछ।
- - कुनै चीजलाई इङ्गित गर्नु पर्दा 'ंठ चुच्चो पारेर देखाउँछ।
- - न्वारानदेखिको बल लगाएर खकार झ्िक्छ र उत्तिकै जोडले खकार्छ।
- - आफूभन्दा पाको व्यक्तिलाई नचिनेको भए पनि अङ्कल या आन्टी भन्छ या भन्न सिकाउँछ। - हिन्दी भाषा बोल्न जानेको छु भनी स्वीकार्न लाज मान्छ। - हिन्दी फिल्म हेर्न खुब रूचाउँछ, तर हेर्दिनँ भन्छ।
- - क्रिकेट म्याचमा मुखले अष्ट्रेलिया वा पाकिस्तानले जितोस् भने पनि मनले टिम-इण्डियाको समर्थन गर्छ।
- - सिगरेट मुखमा च्यापेर मोटरसाइकल चलाउँछ।
- - गणित, नेपाली, विज्ञान, स्वास्थ्य जे विषयमा स्नातक गरे पनि सोसोलोजीमा एम।ए। गर्दैछु भन्छ।
- - लाइन पर्खिनु अपमान ठान्छ र कुनै सुरतले लाइन तोड्ने उपाय खोज्छ। त्यसो गर्न सकेमा आफूलाई सुरो ठान्छ।
No comments:
Post a Comment