नेपाल बाहिरका नेपालीहरुले दशैं र तिहारलाई गोर्खालीहरुको पहिचानको रुपमा लिन्छन् । अमेरिका, बेलायत, खाडी मुलुक, अष्टे्रलिया, जापान, कोरिया, फान्स, जर्मन, मलेशिया, सिंगापुर हङकङ, थ्याइल्याण्ड, लगायत विश्वका हरेक देशहरुमा छरिएर रहेका जुनसुकै जातजाति थरका नेपालीहरु दशैंलाई महान चाडको रुपमा मान्दै आपसमा शुभकामना बाडेर सद्भावकासाथ दशैं मनाउछन् । दार्जिलिङ्ग, सिक्किम, डुअर्स, आसाम,देहरादूनमा त दशैं र तिहारलाई गोर्खाहरुको एकताको बिंडो ठान्छन् । भारत, बर्मा, श्रीलंका, इण्डोनेशिया,लगायत विश्वका अनेकौं देशहरुका हिन्दुहरुले आआफ्नै प्रकारले दशैं मनाउछन् । दशै, धनी र गरीब सबैको साझा चाड हो । निधारभरी दहीसग मुछेर सेतो वा रातो अक्षताको टिका लाएर विजयदशमीदेखि पूणिर्माको दिनसम्म बडो हषर्ल्लासपूर्वक आमा, बाबु, ससुरा, सासु, गुरु र अन्य मान्यजनबाट आसिरवाद ग्रहण गर्नेगरिन्छ नेपालीहरुको महान् चाड बडा दशैंको दशौं दिन टीका, हिन्दू परम्परा अर्थात सबैका घरघरमा आ आफ्ना मान्यजन तथा ठूलाबडाका हातबाट टीका ग्रहण गरी आशीर्वाद लिएर हर्ष र उमंगका साथ घटस्थापनाको दिन स्थापना गरिएको घडाको जलद्वारा सेचन गरी त्यसै दिन छरिएको वीजबाट उम्रीएको जमराको साथमा टीका लगाइने परम्परा लाई टैक्सस को ऑस्टिन मा बसने नेपाली हरुले निरंतरता दिएका छन।
No comments:
Post a Comment