दछिण अमेरिका भएर उत्तर अमेरिका गैरकानुनी रुपमा बर्सेनी हजारौ को संख्या मा गैर अमेरिकन हरु छिर्ने गर्छन। आफ्नो देश बाट लाखौ रकम दलाल कंपनी हरु लाई बुझायेर जीवन बाजी मा लगाएर एक देश बाट अर्को देश प्रवेस, त्यहा को महिनौ दिन को बसाई त्यस पछि को हवाई /जल यात्रा , मरुभूमि को यात्रा पार गर्दै अमेरिका को बोर्डर सम्म आएर अमेरिकी बोर्डर प्रहरी सामू आत्म समर्पण , अमेरिका को जेल निवास पछि अमेरिका भित्र महँगो वकील लगाएर प्रवेस। तर बिडम्बना .... यस्ता समाचार हरु ले दिन्छ।
अमेरिका जान लागेका २५ जना नेपाली पक्राउ परेका छन् । एजेन्सीहरुका अनुसार एल सालभाडोरबाट करीव ८० किमि टाढा प्रशान्त महासागरमा जहाजमा जाँदै गर्दा ती २५ नेपाली पक्राउ परेका हुन । २५ नेपाली लगायत २५ बंगलादेशी, २१ एरीटेरी र ५ जना एक्युडेरियन नागरिक रहेका एजेन्सीहरले जनाएका छन् । परराष्ट्रमन्त्रालयका प्रवक्ता मदनकुमार भट्टराईले भने पक्राउबारे आफुलाई कुनै जानकारी नभएको बताएका छन् ।
ऑस्टिन मा यसरी नै एक जना नेपाली को प्रवेस भएको छ। उहा को दर्दनाक कथा यहाँ प्रस्तुत गर्न मा असमर्थ छू।(नाम गोप्य राख्नेशर्त मा ) उहा नेपाल बाट यस्ता प्रक्रिया मार्फ़त अमेरिका सम्म आई पुग्दा पुर्खौली सम्पति २५ लाख रुपैया गुमाएका छन भने अमेरिका को जेल मा पाच वर्ष बिताएका छन। तर अमेरिका प्रवेस मा समय लागे पनि एक पटक अमेरिका को भूमि टेकर छाड़ने प्रतिबधता लिएको र अहिले यहाँ को जीवन देखि दिक्क लागेको पनि बताउछन ।
No comments:
Post a Comment