Sunday

टाउको गुनाको कपाल, अनुहार गुनाको जुँगा ! हाम्रा पुर्खाले उखान त्यसै बनाएका होइन रहेछन । नपत्याये लौ पढनुस् नाम र काम अनुसारको उखान - गिर्जाउ : गाई बुढो भयो भने भिर खोज्छ, मान्छे बुढो भये निउ खोज्छ ! पीके दाल : नाच्न नजान्ने आँगन टेडों ! शेरबादुर : कस्लाई के को धन्दा, कस्लाई के को धन्दा, घरज्वाइलाई खानकै धन्दा ! राम्चन्द्र बाजे : दुबै हातमा लड्डु ! किशुनजी : आफु त महादेव कस्ले देला वर ! ज्ञानेन्द्र : हिँङ नभये पनि हिँङ बाँधेको टालो ! बाम्देव : पाडा ब्याये पनि, पाडी ब्याये पनि बिगौती खान पाये पुग्यो ! पर्मानन्द : बोकाको मुखमा कुभिन्डो ! माकुने : अड्को फड्को तेलको धुप ! झल्नाथ : उल्फाको धन फुपुको स्राध्ध ! फोरम यादव : लात्तले हानेको कुकुर टांडमा ! खड्ग : ओलिको बोली बन्दुकको गोली ! गनगने : मेरो पालो कहिले आँउछ? राम्बहादुर : तित्राको मुखै बैरी ! सुबथा : कुनिकेको को कुकुर घर न घाटको ! कट्वाल : घरतिर जाँदा बनतिर मुख, बनतिर जाँदा घरतिर मुख ! बाब्राम : गर्नेभन्ने कालु, मकै खाने भालु ! मोन्बैदे : बोल्योकी पोल्यो ! कमल्थापा : मरेको मान्छेलाई जुम्राले पनि छोड्छ ! पत्रकार महासंघ : भालुको मन खन्योउ माथि ! नेपाल प्रहरी : सबै काम छोडेर लुतोमा हात ! मानवधिकार आयोग : बाँदर्को पुच्छर लौरो न हथियार ! वाइस्याल : मेरो गोरुको बारै टक्का ! युथ्फोर्स : हाँसको चाल न बकुलाको चाल ! नाग्रीक समाज : हात्तीको देखाउने दाँत र चपाउने दाँत अर्कै हुन्छ ! कानुन : नेपालको कानुन दैब जानुन ! कर्मचारी : कुकुको पुच्छर बार्ह बर्ष ढुँग्रामा हाले पनि बाङगको बाङै ! विद्यार्थी : करायो करायो दक्छिणा हरायो ! पत्रकार : जता मल्को, उतै ढल्को ! न्यायालय : पुत्रो न पुत्री ! लोकतन्त्र : दशधार्नी अदुवा खायो तितो न टर्रो ! नेपाली जनता : झर्ला र खाँउला !

No comments:

Post a Comment

Google
 

View My Stats

Presentation by Ravi Lamichhane

Comedy Actor Ravi Lamichhane presentation in the @ Yahoo! Video