नेपाल अस्टिन ब्लागस्पाट समाचार साईट होइन रमाइलो ब्लॉग हो
Friday
हाम्रा नेपाल का माओबादी जनयुध्य का नायक प्रचंड को साहित्य बुझ्न अति कठिन हुन्छ । तर जे बोल्नुहुन्छ दामी बोल्नु हुन्छ। माओबादी सेना को क्यासेट प्रकरण , हतियार खोलाले बगाएको, बागमती मा पानी मात्र बहेको छैन देखि लिएर अहिलेको सरकार बिष ब्रिक्छ्य सम्म । खोई म त केई पनि पत्तो पाऊदिन ।
जेठ १० गते उद्यमी–व्यवसायीहरूको एक कार्यक्रममा प्रमुख अतिथिका रूपमा भाग लिनुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले राजा ज्ञानेन्द्रबारे दिनुभएको अभिव्यक्ति गम्भीर प्रकृतिको रहेको छ। उहाँको अभिव्यक्ति सुनेर कार्यक्रमका सहभागीहरूसमेत एक–अर्कामा मुखामुख गरेको दृश्य देखिएको थियो। प्रचण्डले भन्नुभएको थियो, '...ज्ञानेन्द्र हुँदासम्म त ज्ञानेन्द्रलाई नै मालिक मानिएको थियो, त्यसकारण उसैसँग कुरा हुने भए हुन्थ्यो नभए हुन्न भन्ने थियो। तर, अहिले मालिक हराएको हो या फेरिएको हो या मालिक भूमिगत भयो, अब त्यो भूमिगत गएको मालिकलाई खोजेर ल्याउनेचाहिँ बडो ठूलो जिम्मेवारी नेपालका हामी सबै जनतामा छ जस्तो मलाई लागेको छ। खोज्नैपर्ने हुन्छ किनभने समस्या त समाधान गर्नैपर्ने हुन्छ।'
प्रचण्डको यस अभिव्यक्तिलाई विश्लेषकहरूले अनेक अर्थ लगाएका छन्। कतिपयले यसलाई राजा ज्ञानेन्द्रसँग राष्ट्रियताको नाममा गठबन्धन गर्ने चाहनाको अभिव्यक्तिका रूपमा यस प्रकरणलाई लिएका छन् भने कतिले चाहिँ सार्वभौमसत्ताको वास्तविक मालिक नेपालमा नरहेको महसुस गरेपछि प्रचण्डले व्यङ्ग्य गर्दै यसप्रकारको मन्तव्य दिनुभएको अर्थ लगाएका छन् ।
No comments:
Post a Comment